Home / sports / पाकिस्तान र इङग्ल्याण्डबीचको पहिलो टेष्टको दोस्रो दिनको खेल हुदै

पाकिस्तान र इङग्ल्याण्डबीचको पहिलो टेष्टको दोस्रो दिनको खेल हुदै

असार ३१– पाकिस्तान र इङग्ल्याण्डबीचको पहिलो टेष्टको दोस्रो दिनको खेल आज हुदै छ । लन्डनको लड्स मैदानमा टस जितेर पहिले व्याटिङ गरेको पाकिस्तानले पहिलो दिनको खेलको समाप्तीमा ६ विकेट गुमाएर २ सय ८२ रन बनाएको छ । कप्तान मिसवाह उलहकले १ सय १० रनबाट आजको दिनको खेल सुरु गर्ने छ । उनलाई नयाँ व्याट्सम्यान सर्फराज अहमेदलेसाथ दिने छन् । १ सय ३४ रन जोड्दा ४ विकेट गुमाएको स्थिति सम्हाल्दै उलहकले असद सफिकसँग पांचौ विकेटका लागि १ सय ४८ रनको साझेदारी गरेका थिए । सफिक ७३ रनमा आउट भए । ओपनर मोहमद हाफिज ४० र युनिस खान ३३ रनमा आउट भए भने अजहर अली, सान मसुद र राहत अलीले दोहोरो अंक छुन सकेनन् । क्रिस वोग्सले ४ तथा स्टुवार्ड ब्रोड र ज्याक बलले समान १ विकेट लिएका छन् ।  इङग्ल्याण्ड भ्रमणमा रहेको पाकिस्तानले ४ वटा टेष्ट र ५ वटा वन खेल खेल्ने छ ।

About Editor Hamrofm

Check Also

नेपाल, नेदरल्याण्ड्स र मेरिलिवोन क्लबबीच इंल्याण्डको लर्डसमा हुने ट्वेन्टी ट्वेन्टी क्रिकेट सिरिजलाई आईसीसीले मान्यता दिने

चितवन १३ असार–नेपाल, नेदरल्याण्ड्स र मेरिलिवोन क्लबबीच इंल्याण्डको लर्डसमा हुने ट्वेन्टी ट्वेन्टी क्रिकेट सिरिजलाई अन्तर्रा्ष्ट्रिय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *