Home / News / Local / पार्टीको एजेण्डालाई रणनैतिक तवरवाट स्थापीत गराउन सरकारमा सहभागि –कमल थापा

पार्टीको एजेण्डालाई रणनैतिक तवरवाट स्थापीत गराउन सरकारमा सहभागि –कमल थापा

असार २६– राप्रपा नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले आफ्नो पार्टीको एजेण्डालाई रणनैतिक तवरवाट स्थापीत गराउनका लागि आफुहरु सरकारमा सहभागि भएको बताउनु भएको छ । राप्रपा नेपाल चितवनको तेस्रो जिल्ला अधिवेशनलाई आज यहाँ सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले संविधानको परिधिभित्र रहेर आफ्ना एजेण्डालाई जनताको अभिमतका साथ स्थापीत गराई छाड्ने बताउनु भयो । अहिले नेपाली जनता हिन्दु राज्यको पक्षमा रहेकाले आफ्नो पार्टीतर्फ आकर्षण वढ्दै गएको भन्दै उहाँले यो आकर्षण र विश्वासलाई गुम्न नदिने समेत बताउनु भयो । राप्रपा नेपालको अलग विचार र पहिचान भएका कारण जनताको विश्वास वढेको बताउदै उपप्रधान तथा परराष्ट्र मन्त्री थापाले आफुहरुको संसदमा प्रतिनिधित्व कम भए पनि कम्जोर नसम्झीनका लागि आग्रह गर्नु भयो । फरक प्रसंगमा वोल्दै उपप्रधानमन्त्री थापाले देशको विकासका लागि पुराना संरचना र ईतिहासलाई संरक्षण गर्दै अघि वढ्नु आजको आवश्यकता रहेको बताउनु भयो । जसका लागि आर्थिक विकास र संम्वृद्धिलाई केन्द्रमा राखेर काम गर्नु पर्ने समय आएको उहाँले बताउनु भयो । देशमा अहिले देखिएको सुकुम्वासी समस्या समाधानका लागि सरकार गम्भिर भएको समेत उहाँको भनाई थियो । अधिवेशनमा ४ सय ८७ जना प्रतिनिधि, २ सय ५२ जना परिवेक्षक सहभागि रहेको जिल्ला अध्यक्ष वद्रि तिमिल्सीनाले जानकारी दिनु भयो ।  चार वर्षे कार्यकालका लागि हुन लागेको अधिवेशनबाट २१ सदसिय नयाँ कार्यसमिति चयन हुने छ । अधिबेशनले आजै नयाँ नेतृत्व चयन गर्दै छ ।

About Editor Hamrofm

Check Also

नारायणगढ मुग्लिन सडक विस्तारका लागि आजदेखि केहीबेर सवारी रोक्दै पुनः भित्तो काट्ने कामलाई निरन्तरता दिइने

चितवन २७ कार्तिक – नारायणगढ मुग्लिन सडक विस्तारका लागि आजदेखि केहीबेर सवारी रोक्दै पुनः भित्तो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *