Home / sports / लिसेस्टर सिटीद्वारा नाइजेरियाका खेलाडी अहमद मुसालाई कीर्तिमानी मूल्यमा अनुबन्ध

लिसेस्टर सिटीद्वारा नाइजेरियाका खेलाडी अहमद मुसालाई कीर्तिमानी मूल्यमा अनुबन्ध

असार २५– इंग्लिस प्रिमियर लिग च्याम्पियन लिसेस्टर सिटीले नाइजेरियाका खेलाडी अहमद मुसालाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको छ ।  लिसेस्टर सिटीले २३ वर्षका मुसालाई सिएसएकए मस्कोबाट एक करोड ६० लाख पाउण्ड (दुई अर्ब २३ करोड रुपैयाँ) मा अनुबन्ध गरेको हो । लिसेस्टरले कुनै पनि खेलाडीलाई यती धेरै रकममा अनुबन्ध गरेको यो पहिलो पटक हो । मुसाले लिसेस्टर सिटीसँग चार वर्षको सम्झौता गरेका छन् । मुसाले सिएसकेएलाई रुसी लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनलाई अनुबन्ध गर्न साउथह्यामप्टन, एभर्टन तथा वेष्ट ह्याम पनि इच्छुक थिए । मुसा प्रिमियर लिग उपाधिपछि लिसेस्टरकले अनुबन्ध गरेका चौथा खेलाडी हुन् । यसअघि लिसेस्टरले गोलरक्षक रोन रोबर्ट जिलर, डिफेन्डर लुइस हर्नान्डेज र मिडफिल्डर नामपालेस मेन्डीलाई अनुबन्ध गरिसकेको छ । मुसाले सन् २०१२ मा सिएसकेए गएपछि खेलेका एक सय ६८ खेलमा ५४ गोल गरेका छन् । यस्तै राष्ट्रिय टिमबाट सन् २०१० मा डेब्यु गरेका मुसाले नाइजेरियाबाट ५८ खेलमा ११ गोल गरेका छन् ।

About Editor Hamrofm

Check Also

आठ पटकका ओलम्पिक च्याम्पियन धावक उसेन बोल्टले डाइमण्ड लिगमा स्वर्ण पदक जिते

चितवन ७ साउन – आठ पटकका ओलम्पिक च्याम्पियन धावक उसेन बोल्टले मोनाकोमा भएको डाइमण्ड लिगमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *