Home / News / International / इन्डोनेशियामा केहिदिन देखि ट्राफिक जाममा फसेका १२ जनाको मृत्यु

इन्डोनेशियामा केहिदिन देखि ट्राफिक जाममा फसेका १२ जनाको मृत्यु

असार २५– इन्डोनेशियामा केहिदिन देखि ट्राफिक जाममा फसेका १२ जनाको मृत्यु भएको छ ।  पानीको कमी तथा थकानका कारण उनीहरुको मृत्यु भएको जनाइएको छ । जावा द्वीपमा रमजान महिनाको अन्त्यमा छुट्टी मनाउन निस्किएका मानिसको संख्या धेरै भएका कारण एउटै ट्राफिक सिग्नलमा सावरी साधनको जाममा लाखौं मानिस फसेका हुन् । इन्डोनेशिया ट्राफिक विभागका अधिकारीका अनुसार तीन दिनमा जाममा फसेका १२ को मृत्यु भएको हो । इन्डोनेशियाका सञ्चारमाध्यमहरुका अनुसार मृत्यु हुनेमा बृद्धबृद्धाको संख्या बढी छ, जसको सवारी साधन जाममा फस्दा तातेको थियो । जबकी एक बच्चीको मृत्यु सवारीसाधनबाट निक्लिएको विषाक्त ग्यासका कारण भएको बीबीसीले जनाएको छ ।

About Editor Hamrofm

Check Also

ट्रम्पलाई किमको धम्की : जहिले पनि भेट्न तयार छु, तर सम्झौता लागू गर !

प्योङयाङ : उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चेतावनी दिँदै जुनसुकै समयमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *