Home / News / International / अमेरिकी बैज्ञानिकहरुले मानव निर्र्मित यान बृहस्पती ग्रहको कक्षमा सफलता पूर्वक प्रवेश गराए

अमेरिकी बैज्ञानिकहरुले मानव निर्र्मित यान बृहस्पती ग्रहको कक्षमा सफलता पूर्वक प्रवेश गराए

असार २१– अमेरिकी बैज्ञानिकहरुले जुनो नाम गरिएको मानव निर्र्मित यान बृहस्पती ग्रहको कक्षमा सफलतापूर्वक प्रवेश गराएका छन् । सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रहको बृहस्पतीको परिधीभित्र पहिलो मानव निर्मित यान आज प्रवेश गरेको हो ।योसँगै नासाका बैज्ञानिकहरुको महत्वकांक्षा एवम् प्रतीक्षा पूरा भएको भन्दै खुसियाली मनाएका छन् ।२ लाख ९ हजार किलोमिटर प्रति घन्टाको गतिमा नासाले जुनो यानलाई बृहस्पती ग्रहको कक्षामा प्रवेश गराउन सफल भएको हो । जुनो यान बृहस्पतीको नर्थ पोल हुँदै कक्षमा छिरेको हो ।जुनोले अबको डेढ वर्षसम्म बृहस्पति ग्रहको परिक्रमा गर्ने छ । यस क्रममा बृहस्पति ग्रहका बारेमा जानकारी लिने छ । काम सकिएपछि जुनो पृथ्वीको वायुमण्डलमा आएर ध्वस्त हुनेछ । ५ वर्ष अघि पृथ्वी छाडेको यो यान बृहस्पती ग्रहमा पुग्दा १ अर्ब १० करोड अमेरिकी डलर खर्चमा भएको नासाले जनाएको छ ।

About Editor Hamrofm

Check Also

फ्रान्सका राष्ट्रपति म्याक्रोनको पार्टी ला रिपब्लिक एन मार्चेलाई संसदमा स्पष्ट बहुमत

चितवन ५ असार– फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनको पार्टी ला रिपब्लिक एन मार्चेले संसदमा स्पष्ट बहुमत …

Leave a Reply

Your email address will not be published. Required fields are marked *