Home / News / International / बेलायत इयुबाट पूर्ण रुपमा नबाइरिँद सम्म कुनै व्यापारका सम्झौता हुन नसक्ने

बेलायत इयुबाट पूर्ण रुपमा नबाइरिँद सम्म कुनै व्यापारका सम्झौता हुन नसक्ने

असार १७– बेलायत इयुबाट पूर्ण रुपमा नबाइरिँद सम्म उसँग कुनै व्यापारका सम्झौता हुन नसक्ने इयुका नेताहरुले बताएका छन् । इयुकी व्यापार आयुक्त सेलिसिया मेलस्ट्रोमले बेलायत इयुबाट पूर्णरुपमा बाहिरएपछि मात्र उसँग व्यापारका विषयमा वार्ता हुने बताएको बिबिसीले. जनाएको छ । बेलायत इयुबाट बाहिरीए पछि इयुका लागि उ तेस्रो देश हुनेछ । यसको अर्थ एक नयाँ सम्झौता हुँदा सम्म व्यापार विश्व व्यापार संगठनको आधारमा हुनेछ । क्यानाडासँग इयुको व्यापार सम्झौता हुन सात वर्ष लागेको हो । क्यानाडासँग भएको सहमति सबै युरोपीयन देशका तर्फबाट पुष्टी गर्नुपर्ने भएकाले अझै समय लाग्ने देखिएको छ । बेलायतका जनताले २३ जुनमा भएको जनमत संग्रहबाट इयु छाड्ने निर्णय गरेका थिए । मैलस्ट्रोमले जबसम्म बेलायतले पूर्ण रुपमा इयु छाड्दैन तबसम्म उसँग नयाँ तरिकाले व्यापारिक सम्झौताको वार्ता सुरु नहुने प्रष्ट पारेकी छन् । इयुको लिस्बन सान्धीको धारा ५० का अनुसार बेलायत इयुबाट पूर्ण रुपमा बाहिरीन कम्तीमा पनि  २ वर्ष लाग्ने बताइएको छ ।

About Editor Hamrofm

Check Also

फ्रान्सका राष्ट्रपति म्याक्रोनको पार्टी ला रिपब्लिक एन मार्चेलाई संसदमा स्पष्ट बहुमत

चितवन ५ असार– फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनको पार्टी ला रिपब्लिक एन मार्चेले संसदमा स्पष्ट बहुमत …

Leave a Reply

Your email address will not be published. Required fields are marked *