Home / sports / पोर्चुगल युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

पोर्चुगल युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

असार १७– पोर्चुगल युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान सकिएको खेलमा पोल्याण्डलाई पेनाल्टीमा ५–३ गोलले पराजित गर्दै पोर्चुगलले सेमिफाइनल प्रवेश गरेको हो । निर्धारित समय र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । पोर्चुगलका गोलरक्षकले रुई प्याट्रिसियाले पोल्याण्डका ज्याकुब ब्लासचोकोब्स्कीको पेनाल्टी रोके भने रिकार्डो करिज्माले विजयी पेनाल्टी गोल गरे । यसअघि निर्धारत समयको खेलमा पोल्याण्डले दोस्रो मिनेटमा नै रोबर्ट लेभान्डोस्कीको गोलबाट अग्रता लिएको थियो । तर, ३३ औं मिनेटमा रेनाटो सान्चेसले बराबरी गोल गरे । समूह चरणको तीन वटै खेलमा बराबरी खेलेको पोर्चुगल तेस्रो स्थानमा रहेको उत्कृष्ट चारमा पर्दै नकआउट चरणमा पुगेको थियो । प्रिक्वार्टरफाइनलमा उसले क्रोएसियालाई अतिरिक्त समयमा गोल गर्दै पराजित गरेको थियो । अब फाइनल प्रवेशका लागि पोर्चुगलले बेल्जियम र वेल्सको खेलको विजेतासँग खेल्नु पर्नेछ ।

About Editor Hamrofm

Check Also

आठ पटकका ओलम्पिक च्याम्पियन धावक उसेन बोल्टले डाइमण्ड लिगमा स्वर्ण पदक जिते

चितवन ७ साउन – आठ पटकका ओलम्पिक च्याम्पियन धावक उसेन बोल्टले मोनाकोमा भएको डाइमण्ड लिगमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *