Home / News / National / साउन १ गतेदेखि लागू हुने गरी विद्युत महसुल बृद्धि

साउन १ गतेदेखि लागू हुने गरी विद्युत महसुल बृद्धि

असार १७– नेपाल विद्युत प्राधिकरणले साउन १ गतेदेखि लागू हुने गरी विद्युत महसुल बृद्धि गरेको छ । ग्राहकलाई सात तहमा वर्गीकरण गरी महसुल बृद्धि गरेको हो । जसअनुसार उपभोक्ताले न्यूनतम २० युनिटसम्म विद्युत उपभोग गर्दा न्यूनतम ३० रुपैयाँसहित प्रतियुनिट ३ रुपैयाँका दरले महसुल तिर्नुपर्नेछ । त्यस्तै २१ युनिटदेखि ३० युनिटसम्म न्यूनतम ५० रुपैयाँ र प्रतियुनिट ७ रुपैयाँ तिर्नुपर्ने छ । ३१ देखि ५० युनिटसम्म न्यूनतम ७५ रुपैयाँ र प्रतियुनिट ८ रुपैयाँ ५० पैसा तिर्नुपर्ने छ भने ५१ देखि १५० युनिटसम्म न्यूनतम एक सय रुपैयाँ र प्रतियुनिट १० रुपैयाँ तिनुपर्नेछ । १५१ देखि २५० युनिटसम्म न्यूनतम १२५ र प्रतियुनिट ११ रुपैयाँ, २५१ देखि ४०० युनिटसम्मका लागि न्यूनितम १५० र प्रतियुनिट १२ रुपैयाँ, सोभन्दा माथि खपत गर्ने ग्राहकले न्यूनतम १७५ रुपैयाँ र प्रतियुनिट १६ रुपैयाँ महसुल तिर्नुपर्ने छ ।

About Editor Hamrofm

Check Also

बिम्स्टेक सकेर विदेशी प्रमुखहरु फर्किने क्रम सुरु

चितवन १५ भदौ–बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरुको प्रयास (बिम्स्टेक) सकेर विदेशी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *