Home / News / National / व्यवस्थापिका संसद बैठकमा मन्त्रालयगत विनियोजन विधेयकमाथिको छलफल

व्यवस्थापिका संसद बैठकमा मन्त्रालयगत विनियोजन विधेयकमाथिको छलफल

असार १६– व्यवस्थापिका संसद बैठकमा मन्त्रालयगत विनियोजन विधेयकमाथिको छलफल जारी छ । बैठकमा शान्ति तथा पुनर्निर्माण, गृह, वन तथा भूसंरक्षण, शिक्षा, श्रम तथा रोजगार, खानेपानी तथा सरसफाई र अर्थमन्त्रालयका लागि छुट्टाइएको बजेटमाथि सांसदहरुले धारणा राखिरहेका छन् । यसैबीच नेकपा माओवादी केन्द्रका सांसदहरूले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई व्यवस्थापिका संसदमा ल्याउन माग गरेका छन्। सांसद् जनकराज जोशी र श्याम श्रेष्ठले सभामुखको नेतृत्वमा विशेष समिति गठन गरी समाधानको पहल गर्न माग गरेका हुन्। यसका लागि संभामुखकै संयोजकत्वमा सदनभित्रका दलका सदस्यसहित मिल्छ भने संसद बाहिर रहेका सहजकर्ताको पनि संलग्नता गरी समस्याको तत्काल पहल गर्न माओवादी केन्द्रका सांसद जोशीको माग रहेको छ । त्यसैगरी सांसद श्रेष्ठले दलहरूबीच भएको वार्ताले समाधान नदिएको कारण यही सदनले लोकतान्त्रिक विधि र पद्धतीबाट आन्दोलनरत पक्षसँग सहमति कायम गरेर संविधान कार्यान्वयनमा अघि बढ्नुपर्ने बताउनु भयो । यसैगरी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संसद्को आजको बैठक पनि बहिष्कार गरेको छ । सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ मोर्चामा आबद्ध आन्दोलनरत दलका सांसदहरुले उठेर विरोध जनाउनु भएको थियो । त्यसलगत्तै सभामुख घर्तीले मोर्चाका सांसद दिलबहादुर नेपालीलाई बोल्न समय प्रदान गर्नुभयो । सांसद नेपालीले विश्वव्यापी संविधान निर्माणको लोकतान्त्रिक मूल्य मान्यतालाई बेवास्ता गर्दै दु्रतमार्गको नाममा जनताको अधिकार खोसेर घोषणा गरिएको संविधान आफूहरुलाई स्वीकार्य नहुने बताउनुभयो । उहाँको बहिष्कारको घोषणासँगै मोर्चासँग आबद्ध राजनीतिक दलका सांसदहरु बैठकबाट बाहिरिनुभएको थियो ।

About Editor Hamrofm

Check Also

सुर्खेतबाट दैलेख जादै माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु

चितवन २५ कार्तिक– सुर्खेतबाट दैलेख जादै माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *