Home / sports / इंग्ल्याण्डका गोलरक्षक जोए हार्टले टिम युरोकपबाट बाहिरिनुको जिम्मेवारी लिए

इंग्ल्याण्डका गोलरक्षक जोए हार्टले टिम युरोकपबाट बाहिरिनुको जिम्मेवारी लिए

असार १५– इंग्ल्याण्डका गोलरक्षक जोए हार्टले टिम युरोकपबाट बाहिरिनुको जिम्मेवारी लिएका छन् । हार्टले आफूले गोल हुनबाट रोक्न सक्ने अवस्था भएपनि त्यसो गर्न नसक्दा टिम हार्न बाध्य भएको स्वीकार गरेका हुन् । इंग्ल्याण्ड सोमबार राति भएको खेलमा नवप्रवेशी आइसल्याण्डसँग २–१ ले पराजित भएर युरोकपबाट बाहिरिएको थियो । आइसल्याण्डको दोस्रो गोल हार्टको हातबाट बल फुत्किएर भएको थियो । उनले भने ‘मैले आइसल्याण्डको दोस्रो गोल रोक्न सक्ने अवस्था थियो । तर त्यस्तो भएन । हातमा परेको बल पनि फुत्कियो ।’ आफ्नो स्तर अनुसारको प्रदर्शन यो युरोकपमा आफूले गर्न नसकेको उनले बताए । उनले भने ‘म गोलका लागि माफि चाहन्छु ।’

About Editor Hamrofm

Check Also

नाईजेरियालाई हराउँदै अर्जे्न्टिना विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश

चितवन १३ असार–नाईजेरियालाई हराउँदै अर्जे्न्टिना विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । सुरुवाती दुई …

Leave a Reply

Your email address will not be published. Required fields are marked *