Home / News / International / अमेरिकाको टेक्सास राज्यमा दुई रेल आपसमा ठोक्किएर भीषण आगलागी

अमेरिकाको टेक्सास राज्यमा दुई रेल आपसमा ठोक्किएर भीषण आगलागी

असार १५– अमेरिकाको टेक्सास राज्यमा दुई रेल आपसमा ठोक्किएर भीषण आगलागी भएको छ । स्थानीय समयअनुसार मंगलबार बिहान ८ः४० मा सो दुर्घटना भएको हो । अमरिल्लोबाट २५ माइल उत्तरपूर्वमा भएको सो दुर्घटनामा तीन जनाको अवस्था अज्ञात रहेको अधिकारीहरुले जनाएका छन् । ती तीनैजना चालक दलका सदस्य रहेको बताइएको छ । चालक दलकै अर्का एक सदस्य भने हामफालेका थिए । उनी घाइते भए पनि खतरामुक्त रहेको संचारमाध्यमहरुले जनाएका छन् । दुर्घटनामा परेका दुवै रेल मालवाहक रहेकाले ठूलो मानवीय क्षति नभएको अधिकारीहरुको भनाइ छ । दुर्घटनालगत्तै रेलमा आगो लागेको थियो ।दुबै रेल कसरी एउटै मार्गबाट एकै समयमा आए भन्नेबारे छानविन थालिएको अधिकारीहरुले जनाएका छन् । दुर्घटना हुँदा रेल कति स्पिडमा थियो भन्ने प्रष्ट भइसकेको छैन ।

About Editor Hamrofm

Check Also

फ्रान्सका राष्ट्रपति म्याक्रोनको पार्टी ला रिपब्लिक एन मार्चेलाई संसदमा स्पष्ट बहुमत

चितवन ५ असार– फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनको पार्टी ला रिपब्लिक एन मार्चेले संसदमा स्पष्ट बहुमत …

Leave a Reply

Your email address will not be published. Required fields are marked *