Home / News / National / प्रधानमन्त्री ओली र नेपाली काँग्रेसका सभापति देउवाबीच छलफल

प्रधानमन्त्री ओली र नेपाली काँग्रेसका सभापति देउवाबीच छलफल

जेठ ३– व्यवस्थापिका संसद कार्यसञ्चालन नियमावली मस्यौदामा उत्पन्न विवाद सल्ट्याउने प्रयासस्वरुप प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज पनि छलफल हुने भएको छ । यसअघि लगातार दुईदिन भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि आज पुनः सहमतिको प्रयास गर्न लागिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटरमा अहिले केहीबेरमा उहाँहरुबीच छलफल हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । आजको छलफल पनि निष्कर्षविहिन भए नियमावली मस्यौदाको प्रतिवेदनमाथि सत्तारुढ दलहरुले आज साझा संशोधन प्रस्ताव दर्ता गराउने तयारी गरेका छन् । सत्तारुढ गठबन्धनले साझा शंसोधान प्रस्ताव दर्ता गराए विपक्षी दल नेपाली काँग्रेसले पनि छुट्टै संशोधन प्रस्ताव दर्ता गराउने सम्भावना रहेको छ । दुईवटा प्रस्ताव दर्ता भएपछि आगामी संसद बैठकमा मतदान हुनेछ । नियमावली मस्यौदामाथि संशोधन गराउने समय आज दिउँसो ३ बजेसम्मका लागि मात्रै छ । संसदको गत २२ वैशाखको बैठकमा नियमावली मस्यौदा समितिका संयोजक राधेश्याम अधिकारीले मस्यौदा प्रतिवेदन पेश गर्नु भएको थियो । नियमावली बन्न नसक्दा प्रधानन्यायाधीश सुशीला कार्की, प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव तथा सर्वोच्च अदालतका लागि प्रस्तावित ११ न्यायाधीश एवम् राजदूतहरुको सुनुवाई हुन सकेको छैन ।

About Editor Hamrofm

Check Also

सुर्खेतबाट दैलेख जादै माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु

चितवन २५ कार्तिक– सुर्खेतबाट दैलेख जादै माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *