Home / News / National / भूकम्पले अति प्रभावित १० जिल्लाको लगत सङ्कलन सम्पन्न

भूकम्पले अति प्रभावित १० जिल्लाको लगत सङ्कलन सम्पन्न

३१ बैशाख– गोरखा भूकम्पले अति प्रभावित १४ जिल्लामध्ये १० जिल्लाको लगत सङ्कलन सम्पन्न भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । पुस तेस्रो हप्तादेखि विभागले अतिप्रभावित सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, सिन्धुली, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर, ओखलढुङ्गा र रामेछापमा लगत सङ्कलन सुरु गरेको थियो । सङ्कलन सुरु गरिएकामध्ये १० जिल्लाको सकिएको र मकवानपुरका मनोहरि एवम् फापरबारी गाविसमा अन्तिम चरणमा पुगेको विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो । ‘सङ्कलन सकिएका १० जिल्लाको लगत हेर्दा भूकम्पलगत्तै गृह मन्त्रालयमा आएको तथ्याङ्कभन्दा कम देखिएको छ, त्यसबेला र अहिलेको सङ्कलन प्रविधि फरक भएकाले यो भएको हुनसक्छ, अहिलेको तथ्याङ्क अन्तर्रा्ष्ट्रिय सिद्धान्तअनुरुप सङ्कलन गरिएको छ’ उहाँले भन्नुभयो । सङ्कलन गरिएको तथ्याङ्क राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा पठाइएको र घर निर्माणका लागि  दुई लाख रुपैंया पाउने पीडितको अन्तिम सूची प्रकाशन पनि प्राधिकरणले नै गर्ने विभागले जनाएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर भक्तपुरमा पनि लगत सङ्कलन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । असार पहिलो साता सुरु गर्ने गरी काम भएको निर्देशक लामिछानेले बताउनुभयो ।

About Editor Hamrofm

Check Also

सुर्खेतबाट दैलेख जादै माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु

चितवन २५ कार्तिक– सुर्खेतबाट दैलेख जादै माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *