Home / News / National / नेपाली कांग्रेसले व्यवस्थापिका–संसद्को बैठक शीघ्र आह्वान गर्न सरकारसँग आग्रह

नेपाली कांग्रेसले व्यवस्थापिका–संसद्को बैठक शीघ्र आह्वान गर्न सरकारसँग आग्रह

बैशाख ६– नेपाली कांग्रेसले व्यवस्थापिका–संसद्को बैठक शीघ्र आह्वान गर्न सरकारसँग आग्रह गरेको छ । नयाँ संविधानअनुसार संसद्को नियमावली जारी गर्न पार्टीको तर्फबाट पूर्ण सहयोग हुने संसद्को प्रमुख प्रतिपक्षी दलसमेत रहेको कांग्रेसले जनाएको छ । उपत्यकामा उपलब्ध कांग्रेस केन्द्रीय सदस्य तथा संसदीय दलको संयुक्त रुपमा आज व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले संसद् बैठक आह्वानमा सरकार उदासीन देखिएको आरोपसमेत लगाएको छ । संविधान कार्यान्वयनका लागि मार्ग प्रशस्त गर्ने आवश्यक ऐन तथा कानुन संसदमा पेस गर्नुपर्ने र छलफल चलाउनुपर्नेमा सरकार उदासीन बनेको भन्दै सो बैठकले छिटो संसद् बैठक बोलाउन पहल गर्न सरकारसँग माग गरेको कांग्रेसका प्रवक्ता दिलेन्द्र बडूले जानकारी दिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा विजयी भएपछि पहिलो पटक दलको बैठक बसेको हो । देउवा आजै भारत भ्रमणमा प्रस्थान गरेकाले दलको बैठक कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको थियो । बैठकको सुरुमा वरिष्ठ नेता पौडेलले मुलुकको पछिल्लो समसामयिक राजनीतिक अवस्था र संविधान कार्यान्वयनमा दलले निर्वाह गरेको भूमिकाका बारेमा प्रकाश पारेका थिए । प्रवक्ता बडूले कालोबजारी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाउँदै गणन्त्रवादी र राजतन्त्रवादी मिलेर बनेको सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताए । भूकम्पपीडितलाई आवास निर्माण गर्ने आश्वासनमात्र बाड्ने काम सरकार र भूकम्प पुनःनिर्माण प्राविधिकरणले गरिराखेको उनले आरोप लगाए । यही वैशाख १० गते हुने आधिकारिक ट्रेड युनियनको निर्वाचनमा प्रजातन्त्रवादी समूहलाई विजय गराउन पहल गर्न बैठकमा छलफल भएको कांग्रेस केन्द्रीय सदस्य डा प्रकाशशरण महतले जानकारी दिए । उनले निष्पक्ष निर्वाचन सम्पन्न गर्न सरकारसित आग्रहसमेत गरे ।

About Editor Hamrofm

Check Also

चितवनमा नौ महिनामा एक सय ९५ सवारी दुर्घटना, ९७ जनाको मृत्यु

चितवन, वैशाख १– चितवनमा पछिल्लो नौ महिनामा एक सय ९५ वटा सवारी दुर्घटनाहरु भएका छन् । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *