Home / News / National / एसएलसी परिक्षाको सम्पूर्ण तयारी पुरा

एसएलसी परिक्षाको सम्पूर्ण तयारी पुरा

चैत्र १४– परिक्षा नियान्त्रण कार्यलय सानोठिमी भक्तपूरले यस वर्षको एसएलसी परिक्षाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले परीक्षाको सम्पूर्ण तयारी पुरा भएको भन्दै परिक्षा शान्तिपूर्ण सम्पन्न गर्न अनुगमनलाई कडा पारिने बताउनुभयो । यस वर्षको एसएलसी परिक्षामा  ६ लाख १५ हजार ५ सय ५३ परीक्षार्थी सहभागि हुने परिक्षा नियन्त्रण कार्यलयले जनाकारी दिएको छ । परीक्षामा नियमिततर्फ चार लाख ५२ हजार ८८१ र एकजाम्टेड तर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी हुने छन् । यसैगरी प्राविधिकतर्फ तीन हजार २५५ परीक्षार्थी सहभागि हुनेछन् । सबैभन्दा बढी काठमाडौंमा करिब ३५ हजार र सबैभन्दा कम मनाङमा ६९ जनाले परीक्षा दिनेछन् ।
यस वर्षको परीक्षाका लागि देशभर एक हजार ४ सय ४३ परीक्षा केन्द्र निर्धारण गरिएको छ । कार्यालयले यस वर्षदेखि एसएलसी परीक्षा दिने परीक्षार्थीलाई परीक्षा सकिएकै दिन उनीहरुको परिचयपत्र वितरण गर्ने भएको छ । परिचयपत्र वितरण गर्दा त्यसमा भएको विवरण र प्रवेशपत्रमा भएको विवरण फरक परेमा विद्यार्थीले विवरण सच्याउन १५ दिनभित्र सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा निवेदन दिन सक्ने बताइएको छ । यस वर्षको परीक्षाको नतिजा अक्षराङ्क विधिबाट सार्वजनिक गरिने भए पनि परीक्षा सञ्चालनको विधि भने विगत वर्षमा जस्तै हुने जनाइएको छ । यसैबीच इलामका २ सय ३१ विद्यार्र्थी प्रवेशिका परीक्षा दिनबाट बञ्चित भएका छन्् । पचहत्तर प्रतिशत हाजिरी नपुगेका कारण यस वर्ष इलामका २३१ विद्यार्थी प्रवेशिका परीक्षा दिनबाट वञ्चित हुने भएका हुन् । उता सल्यानका १ सय ५३ जना विद्यार्थी एसएलसी परीक्षा दिनबाट वञ्चित भएका छन् । सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीको ७५ प्रतिशत हाजिरी नपुगेका कारण एसएलसी दिनबाट वञ्चित भएका हुन् ।
जिल्ला शिक्षा कार्यालय सल्यानका अनुसार जिल्लामा रहेका सामुदायिक तथा संस्थागत गरी ४४ विद्यालयमा अध्ययनरत विद्यार्थीको ७५ प्रतिशत हाजिरी नपुगेकै कारण वञ्चित हुनुपरेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

About Editor Hamrofm

Check Also

चितवनमा नौ महिनामा एक सय ९५ सवारी दुर्घटना, ९७ जनाको मृत्यु

चितवन, वैशाख १– चितवनमा पछिल्लो नौ महिनामा एक सय ९५ वटा सवारी दुर्घटनाहरु भएका छन् । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *