चैत्र १४– प्रधान सेनापति राजेन्द्र क्षेत्री आज चीन भ्रमणमा जादै हुनुहुन्छ । चीनको जनमुक्ति सेनाका प्रधानसेनापति फेन घुईको निमन्त्रणामा क्षेत्री आज त्यसतर्फ जान लाग्नुभएको हो । प्रधान सेनापतिको जिम्मेवारी सम्हालेपछि क्षेत्री पहिलो पटक चीनभ्रमणमा जान लाग्नुभएको हो । भ्रमणमा दुई देशको सुरक्षा अवस्था तथा मित्रतालाई अझै प्रगाढ पार्ने विषयमा दुई राष्ट्रका सेना प्रमुखले खेल्ने भुमिका विषयमा छलफल हुने बताइएको छ । क्षेत्री चीनको छेन्दु हुँदै बेइजिङ प्रस्थान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । प्रधानसेनापति चीनमा रहँदा त्यहाँका विभिन्न सैनिक संरचनाबारे स्थलगत जानकारी लिनु हुनेछ भने, त्यहाँका उच्च अधिकारीहरुसंग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । भ्रमणमा उहाँकी श्रीमती रीता क्षेत्री, व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी हिमालय थापालगाएत रहनेछन् । उहाँ चैत २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
Check Also
चितवनमा नौ महिनामा एक सय ९५ सवारी दुर्घटना, ९७ जनाको मृत्यु
चितवन, वैशाख १– चितवनमा पछिल्लो नौ महिनामा एक सय ९५ वटा सवारी दुर्घटनाहरु भएका छन् । …
Hamrofm Number 1 radio station in the town