चैत्र १४– चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किनुहुने भएको छ । चिनियाँ समकक्षी लि केकियाङको निमन्त्रणमा गत सात गते चीनको औपचारिक भ्रमणमा जानु भएका प्रधामन्त्री ओली आज अपरान्ह ४ बजे निजी चार्टर विमानमार्फ स्वदेश फर्किन लाग्नु भएको हो । स्वदेश फर्किनुअघि प्रधानमन्त्री ओलीले आज चिनियाँ परिषद्, छेन्दुको कार्यक्रममा सम्बोधन गर्नुहुनेछ । आजै सिचुवान विश्वविद्यालयमा सम्बोधन र भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ । सिचुवान प्रान्तको छेन्दु भ्रमणमा रहनु भएका ओली आज छेन्दुबाट सिधै काठमाडौं आउनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । चीनमा रहँदा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जीनपिङ, समकक्षी ली तथा विभिन्न प्रान्तका स्थानीय नेताहरुसँग भेटवार्ता गर्नु भएको थियो । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा पारवहन लगायत विभिन्न १० वटा सम्झौता भएका थिए । भ्रमणका क्रममा दुईदेशबीच संयुक्त रुपमा १५ बुँदे विज्ञप्ती जारी गरिएको थियो । यसका साथै ओलीले बोआओ एसिया सम्मेलनलाई पनि सम्बोधन गर्नु भएको थियो । उहाँ हिमालय एयरलाइन्सको चार्टर विमानमा चीन घुम्नु भएको हो ।
Check Also
चितवनमा नौ महिनामा एक सय ९५ सवारी दुर्घटना, ९७ जनाको मृत्यु
चितवन, वैशाख १– चितवनमा पछिल्लो नौ महिनामा एक सय ९५ वटा सवारी दुर्घटनाहरु भएका छन् । …
Hamrofm Number 1 radio station in the town