Home / News / International / अमेरिकी राष्ट्रपति उम्मेदवारडोनाल्ड ट्रम्पमाथीआक्रमण प्रयास

अमेरिकी राष्ट्रपति उम्मेदवारडोनाल्ड ट्रम्पमाथीआक्रमण प्रयास

काठमाडौँ, ३० फागुन– (एजेन्सी) अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवारको दौडमा रहेका डोनाल्ड ट्रम्पमाथी ओहायोमा भइरहेको र्‍यालीमा आक्रमण गर्ने प्रयास भएको छ । र्‍यालीमा एक व्यक्तिले उनीमाथी आक्रमणको प्रयास गरेका थिए तर, प्रहरीले ती आक्रमणकारीलाई ट्रम्पसम्म पुग्नुअघि नै पक्राउ गरेका छन् । आक्रमणपछि प्रहरीले ट्रम्पलाई भीडबाट बाहिर निकालेको थियो । आक्रमणको प्रयास गर्ने व्यक्ति भारतीय मूलका एक पत्रकार भएको समाचारमा जनाइएको छ । ती पत्रकारले शिकागो र्‍यालीमा पनि हंगामा गरेको आरोपमा पत्रकार सोपान देवलाई प्रहरीले पक्राउ गरेको थियो । सोपान सीबीएस न्युज रिपोर्टर हुन् र ट्रम्पको र्‍यालीबारे समाचार संकलनका लागि पुगेका थिए । हंगामापछि शिकागोको र्‍याली पनि रद्ध गरिएको थियो । सीबीएस न्युज रिपोर्टका अनुसार देवले आफूलाई भुइँमा लडाएको र बिना कुनै नोटिस हतकडी लगाएको आरोप लगाएका छन् । न्युज च्यानलले आफ्नो रिपोर्टमा उनको भीडियो र साथै रहेका एक क्रू मेम्बरको भीडियोमा देवले विरोध गरिरहेको नदेखिएको उल्लेख गरेको छ । देवले भने, ‘ट्रम्पका एक समर्थकले रेनो कार्यक्रममा मलाई सोधीयो की के मैले आईएसको फोटो खिचिरहेको छु । जब मैले आश्चर्य व्यक्त गरे तब ती व्यक्तिले भने, ‘मैले तिमीलाई नै सोधिरहेको छु ।”

About Editor Hamrofm

Check Also

आफ्नो पदीय हैसियत प्रयोग गरी माफी दिने पूर्ण अधिकार आफूसँग छ– अमेरिकी राष्ट्रपति ट्रम्प

चितवन ८ साउन– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो पदीय हैसियत प्रयोग गरी माफी दिने पूर्ण …

Leave a Reply

Your email address will not be published. Required fields are marked *