Home / News / International / भ्रष्टाचारको आरोप लागेका ब्राजिलका पूर्वराष्ट्रपति सिल्भालाई पक्राउ गर्न माग

भ्रष्टाचारको आरोप लागेका ब्राजिलका पूर्वराष्ट्रपति सिल्भालाई पक्राउ गर्न माग

२८ फागुन– भ्रष्टाचारको आरोप लागेका ब्राजिलका पूर्वराष्ट्रपति लुईज ईनासियो लुला डा सिल्भालाई पक्राउ गर्न माग गरिएको छ । सिल्भाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएलगत्तै अभियोजनकर्ताहरुले उनलाई पक्राउ गर्न माग गरेका हुन् । मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनलाई न्यायिक हिरासतमा राख्नुपर्ने साओ पाउलोका अभियोजनकर्ताहरुको माग छ । तर उनलाई हिरासतमा राख्ने या नराख्ने भन्ने विषयमा न्यायाधीशले फैसला गर्न भने बाँकी छ । पूर्वराष्ट्रपति सिल्भाविरुद्ध पदको दुरुपयोग गरी कालो धन सञ्चय गरेको आरोपमा सरकारी अधिकारीहरुले मुद्दा दायर गरेका थिए । ब्राजिलको सरकारी तेल कम्पनी पेट्रोब्रासमा भ्रष्टाचार गरेको र समुद्रको किनारमा रहेको एक रिसोर्टको स्वामित्वका विषयमा सिल्भामाथि छानविन भइरहेको छ । सन् २००३ देखि २०११ सम्म ब्राजिलको राष्ट्रपति रहेका ७० वर्षीया सिल्भाले भने भ्रष्टाचार आरोपको खण्डन गर्दै आफू राजनीतिक पूर्वाग्रहको शिकार बनेको प्रतिक्रिया दिएका छन् ।

About Editor Hamrofm

Check Also

आफ्नो पदीय हैसियत प्रयोग गरी माफी दिने पूर्ण अधिकार आफूसँग छ– अमेरिकी राष्ट्रपति ट्रम्प

चितवन ८ साउन– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो पदीय हैसियत प्रयोग गरी माफी दिने पूर्ण …

Leave a Reply

Your email address will not be published. Required fields are marked *