Home / News / नेपालको राष्ट्रिय एकतालाई मजबुद बनाउन खेलले भूमिका खेल्ने एनेकपा माओवादीका अध्यक्ष दाहालको भनाई

नेपालको राष्ट्रिय एकतालाई मजबुद बनाउन खेलले भूमिका खेल्ने एनेकपा माओवादीका अध्यक्ष दाहालको भनाई

भरतपुर २३ फागुन– पूर्व प्रधानमन्त्री एवं एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले देशका समस्या समाधान हुँदै गएकोले सबै सभ्य र एकताबद्ध भएर अगाडि बढ्नु पर्ने बताउनु भएको छ । भरतपुर उपमहानगरपालिका वडा नं. २७, पटिहानीमा आजदेखि शुरु भएको पद्मोदय अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै दाहालले नेपालको राष्ट्रिय एकतालाई मजबुद बनाउन खेलले भूमिका खेल्ने गरेको बताउनुभयो । उहाँले खेलले नै विदेशीसँगको भाईचारालाई बढाउने बताउँदै सम्बन्ध चिस्सिएका छिमेकीहरुसँग समेत सम्बन्ध सुमधुर बनाउन खेलले सहयोग गर्ने बताउनुभयो ।  खेललाई राष्ट्रको पहिचानको रुपमा लिनु पर्ने बताउँदै दाहालले खेल आफैमा राष्ट्रप्रतिको सभ्यता नाप्ने ब्यारोमिटर भएको बताउनुभयो । प्रतियोगितामा भारतको चर्चित क्लब बीएमडब्लु दिल्ली, बंगलादेशको बंगलादेश वाटर एण्ड पावर रिसोर्सेज र भुटानको साम्चे भलिबल क्लबको सहभागिता रहेको छ । त्यसैगरी नेपालका नेपाल पुलिस क्लब, नेपाली आर्मी क्लब र एपीएफले प्रतियोगितामा सहभागिता जनाएको छन् । विदेशी टिममा भरखरै भारतमा सम्पन्न साग गेम्स खेलेका भलिबल खेलाडीसमेत रहने आयोजक पद्मोदय युवा क्लबले जनाएको छ । कूल ६ टिम सहभागी प्रतियोगिता आगामी फागुन २६ गतेसम्म चल्नेछ । ४ दिनको अवधिमा कूल १० वटा म्याच खेलाइनेछन् । प्रतियोगिताको विजेताले एक लाख ५० हजार, उपविजेताले एक लाख र तेस्रो हुने टिमले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । खेल संचालनका लागि २७ लाख रुपैयाँ खर्च हुने मूल आयोजक समितिका संयोजक रामहरि सेढाईले बताउनुभयो । कार्यक्रमका अवसर पारी खेलकुद पत्रकार मञ्च चितवनका अध्यक्ष बिनोदबाबु रिजाललाई नगद रु. १० हजार सहित सम्मान गरिएको थियो भने भलिबल खेलका लागि सहयोग गर्ने विमलसिंह ठकुरीलाई नेपाल भलिबल संघद्वारा सम्मान गरिएको थियो ।

About Editor Hamrofm

Check Also

चितवनमा डेंगु रोगको जोखिम क्षेत्रमा लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्ने

चितवन १३ असार– चितवनस्थित डेंगु रोगको जोखिम क्षेत्रमा लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्न थालिएको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *