Home / News / रेडियो परासीमा पेट्रोल बम प्रहार, रेडियोको प्रशारण बन्द

रेडियो परासीमा पेट्रोल बम प्रहार, रेडियोको प्रशारण बन्द

नवलपरासी, मंसिर १० । सामुदायीक रेडियो परासीको कार्यालय परासीमा  ‘पेट्रोल बम’ प्रहार भएको छ  । बुधबार राति १० बजेको समयमा  नचिनेका मानिसको समुहले रेडियोको स्टेसनमा पेट्रोल बम प्रहार गरेको  रेडियो परासीका प्रबन्ध निर्देशक मेघराज गौतमले जानकारी दिनुभयो ।

रेडियोको परिसरमा रहेको लु १८ प ४००१ नम्बरको मोटरसाइकलमा पनि आगजनी भएको छ । पेट्रोल बम प्रहार गर्नु अघि  मोवाइलबाट मधेस आन्दोलनका भन्दा सरकार पक्षको समाचार बढी प्रशारण गरेको भन्दै धम्की आउने गरेको रेडियोले जनाएको छ ।

घटनापछि  रेडियो परासीको प्रशारण अनिश्चितकालका लागि बन्द गरिएको प्रबन्ध निर्देशक  गौतमले जानकारी दिनुभयो ।  रेडियोमा आक्रमण गर्नु निन्दनीय र स्वतन्त्र प्रेसको विपक्षमा भएको  प्रेस चौतारी नेपाल नवलपरासीले जनाएको छ ।

प्रेस चौतारी नेपाल नवलपरासीका अध्यक्ष विद्रोही गिरीले बिहीबार विज्ञप्ति निकालेर दोषीलाई तत्काल पक्राउ गरी कानूनी कारवाही गर्न र रेडियो सञ्चालनको वातारण बनाउन स्थानीय प्रशासनसँग माग गर्नुभएको छ ।

About hamrofm

Check Also

चितवनमा डेंगु रोगको जोखिम क्षेत्रमा लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्ने

चितवन १३ असार– चितवनस्थित डेंगु रोगको जोखिम क्षेत्रमा लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्न थालिएको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *