Home / Entertainment / ‘पशुपतिप्रसाद’को ट्रेलर सार्वजनिक । माघ १५ बाट रिलिज

‘पशुपतिप्रसाद’को ट्रेलर सार्वजनिक । माघ १५ बाट रिलिज

गतबर्षको सफल फिल्म ‘टलकजंग भर्सेस टुल्के’बाट चर्चामा आएका अभिनेता खगेन्द लामिछानेको अर्को आशालाग्दो फिल्म ‘पशुपतिपूसाद’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका मुख्य पात्रहरु फिचरिङ छन । ट्रेलरले फिल्म फरक बिषयबस्तु र मौलिक कथामा बनेको प्रस्ट हुन्छ ।
ट्रेलर बुधबार राजधानीमा एक कार्यक्रम गरि सार्वजनिक गरेको हो । बाक्लो सञ्चारकर्मीका बीच आयोजित कार्यक्रममा फिल्मका अधिकांश कलाकारको उपस्थिति थियो । कलाकारहरुले आफ्नो अनुभव र भुमिकाको बारेमा बोलेका थिए ।बाउआमाको अधुरो सपना पुरा गरेर उनीहरुलाई स्वग तार्ने लक्षका साथ पैसा कमाउन शहर पसेको एकजना गाउले युवकको कथा फिल्ममा छ । फिल्मलाई दिपेन्दू के खनालले निर्देशन गरेका हुन ।


खगेन्दू लामिछाने, बर्षा सिवाकोटी, बिपिन कार्की, प्रकाश घिमिरे, रविन्द्र सिहं बानियाँ, मिश्री थापा, आशिेष अधिकारी लगायतको अभिनय छ । टुकी आर्टस प्रालि र दिपेन्द्र के खनाल प्रोडक्सनको ब्यानरमा रोजिना सिटौला कार्यकारी निर्माता रहेको फिल्मको निर्माता रजना नापित हुन ।
खगेन्द्र लामिछानेकै कथा रहेको फिल्म माघ १५ बाट रिलिज हुदैछ । फिल्मलाई पपकर्नले बितरण गर्दैछ ।

Via: NamasteFilmy.com

About hamrofm

Check Also

‘रेशम फिलिली’ को कमाइ साढे २ करोड नाघ्यो

दुई हप्तायता चलेका फिल्मले राम्रो आम्दानी गरेपछि धमाधम आम्दानी विवरण सार्वजनिक गर्न थालेका छन् । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *