Home / Business / चीनबाट तेल ल्याउने हल्ला मात्रै बढी

चीनबाट तेल ल्याउने हल्ला मात्रै बढी

त बिहीबार आपूर्तिमन्त्री गणेशमान पुनले पत्रकार सम्मेलन गरी तिहारको समयमा आफू चीन गएको बताएका थिए । उनले त्यहाा राजनीतिक नेतृत्व र सरकारी ‘बडी’सग संवाद गरेको दाबी गरेका छन् । तर, उनले वाणिज्य अथवा अन्य कुनै मन्त्रालयका मन्त्री वा अधिकारी कसलाई भेटेका हुन् भन्ने जानकारी गराएका छैनन् । देश अभूतपूर्व संकटमा भएको वेला जनताको प्रतिनिधित्व गरेर गएका मन्त्रीले कसलाई भेटे र के संवाद भयो भन्ने यकिन हुन सकेको छैन । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

चीनसँग व्यापारिक हिसाबले इन्धन खरिदका लागि सम्झौता गर्न आयल निगमको टोली शुक्रबार नै बेइजिङ जाने भनिएको थियो, तर मिति सारेर सो टोली सोमबार मात्रै चीन पुगेको छ । तर, अहिलेसम्म सम्झौता गर्ने विषयमा प्रगति भएको छैन ।
सरकारले आयल निगमका निमित्त नायब प्रबन्ध निर्देशक सुशील भट्टराई र निर्देशक दीपक बराललाई चीनबाट इन्धन ल्याउनूपूर्व प्राविधिक अध्ययन गर्न भन्दै चीन पठाएको छ । उनीहरूले तेल ल्याउने भनिएको चाइना नेसनल पेट्रोलियम कर्पोरेसन (सिएनपिसी)का अधिकारीलाई भेट गरेको र सकारात्मक कुरा भएको जानकारी निगमका अधिकारीलाई गराएका छन् ।

११ कात्तिकमा दुई देशका सरकारको पहलमा सिएनपिसी र आयल निगमबीच इन्धन खरिद–बिक्री गर्ने समझदारी भइसकेको छ । तर, इन्धन संकट गहिरिएर सर्वसाधारणको दैनिकी अस्तव्यस्त भइरहँदा र समझदारी भएको महिना दिन बित्न लाग्दासमेत सरकारले सम्झौताका लागि प्रभावकारी पहल गर्न सकेको छैन ।

About hamrofm

Check Also

क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकार थप छलफलमा

चितवन २९ कार्तिक– क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकारले यसबारे थप …

Leave a Reply

Your email address will not be published. Required fields are marked *