Home / News / आइसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत एसियाली छनोटमा नेपाल पहिलो खेलमै पराजित

आइसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत एसियाली छनोटमा नेपाल पहिलो खेलमै पराजित

श्रावण ७ चितवन– सिंगापुरमा जारी आइसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत एसियाली छनोटमा नेपालले पहिलो खेलमै पराजय व्यहोरेको छ । मंगलबार भएको खेलमा कतारले नेपाललाई ४ विकेटले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धा्रित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको कतारले ४ बल बाँकी छँदै ६ विकेटको क्षतिमा १२४ रन बनाएको हो । कतारका लागि इनाम उल हकले सर्वा्धिक ४१ रन बनाए । त्यस्तै कमरान खानले २२, मुहम्मद तनवीरले ११ र जहिर इब्राबिहमले १२ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले तीन र करन केसीले एक विकेट लिए । यस अघि ब्याटिङतर्फ नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वा्धिक ३४ रन बनाएका थिए । कप्तान पारस खड्काले २८, ज्ञानेन्द्र मल्लले २३ र सोमपाल कामीले ११ रन बनाए । अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन बनाउन असफल रहे । कतारका लागि इकबाल हुसैनले तीन विकेट लिए । त्यस्तै नोउमन सरवार र तमोर सज्जादले २–२ विकेट लिए ।

About Editor Hamrofm

Check Also

लिडरसिप कर्नरले नेतृत्व बिकास सम्बन्धि एकदिने कार्यक्रम गर्ने

२४ असार चितवन– लिडरसिप कर्नरले युवा बर्गलाई लक्षितगरी नेतृत्व बिकास सम्बन्धि एकदिने कार्यक्रम गर्ने भएको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *