Home / News / National / पार्टी्भित्रका कमी कमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने चुनौती– दाहाल

पार्टी्भित्रका कमी कमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने चुनौती– दाहाल

श्रावण ७ चितवन– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी्भित्रका कमी कमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने चुनौती रहेको बताएका छन् । नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवसका अवसरमा आज कीर्तिपुरको चम्पादेवीमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले पार्टी र सरकार दुवैमा कमी कमजोरी रहेको भन्दै सच्याएर अगाडि बढ्ने संकल्प गर्नुपर्ने बताएका हुन् ।

जनवादी क्रान्तिलाई पूर्णता दिने र समाजवादमा जाने नै पार्टीको लक्ष्य रहेको भन्दै उनले पार्टी एकता भएपछि जनताले ठूलो अपेक्षा गरेकाले त्यो पूरा गर्न पनि कमजोरीलाई हटाउनुपर्ने स्पष्ट पारे । पार्टी एकताको प्रक्रिया निष्कर्षउन्मुख पुगिसकेको भन्दै उनले औपचारिकता दिन मात्रै बाँकी रहेको बताए । उनले आफू र नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालबीच शान्ति प्रक्रियाका क्रममा नदेखिने संवाद धेरै भएको भन्दै त्यसपछि मात्र शान्तिप्रकृयाले पूर्णता पाएको बताए । अहिलेको अवस्था नाटकीय हिसाबले नआएको भन्दै कहिले कसैलाई प्रधानमन्त्रीको अफर त कहिले कसैलाई प्रधानमन्त्रीको अफर आएको भए पनि लोभ नगरी पार्टी एकताको प्रक्रियामा गएको खुलासा उनले गरे ।

अध्यक्ष दाहालले असाधारण रुपमा पार्टी एकता भएको भन्दै एकताको उद्देश्य पूरा गरिएमा नै पुष्पलालप्रति सच्चा श्रद्धाञ्जली हुने बताए । उनले सरकारले गति लिन नसेकेको भन्दै सरकारका कामलाई सुशासनमा केन्द्रित गर्न सुझाव दिए ।

बरिष्ठ नेता तथा पुष्पपलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले एकपक्षीय ढंगले अगाडि बढे कहिँ नपुगिने भन्दै पुष्पलालको बिचारलाई टुंगोमा र्पुयाउन सबै मिल्नुको विकल्प नभएको बताए । सत्तामा बसेर कसैले घमण्ड गरे पत्तासाफ हुन समय नलाग्ने उनको भनाइ थियो । वरिष्ठ नेता नेपालले सरकारका काम प्रभावकारी बनाउन पार्टी्भित्र पर्याप्त छलफल गर्नुपर्ने बताए । अर्का बरिष्ठ नेता झलनाथ खनालले पुष्पलालले देखाएको बाटो हिँड्न सके मात्र पार्टी एकता सार्थक हुने बताए ।

About Editor Hamrofm

Check Also

लिडरसिप कर्नरले नेतृत्व बिकास सम्बन्धि एकदिने कार्यक्रम गर्ने

२४ असार चितवन– लिडरसिप कर्नरले युवा बर्गलाई लक्षितगरी नेतृत्व बिकास सम्बन्धि एकदिने कार्यक्रम गर्ने भएको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *