Home / News / Local / नौ दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न।

नौ दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न।

श्रावण ६ चितवन

श्री गणेशमन्दिर टोल बिकास संस्था भरतपुर ५ नारायणपुरको आयोजना तथा हाम्रो एफ एम ९४ मेगाहर्जको प्राबिधिक सहयोगमा सञ्चालित नौ दिने नेतृत्व विकास तथा उद्घोषण कला तालिम सोमबार सम्पन्न भएको छ ।

टोल विकास भित्र रहेका महिलाहरूको नेतृत्व क्षमता विकासका लागि सो तालिमको आयोजना गरिएको हो । तालिम समापन कार्यक्रम भरतपुर महानगरपालिका वडा नम्वर ५ का वडाध्यक्ष पदमपाणी सुवेदीको प्रमुख आतिथ्यता एवं प्रमुख प्रशिक्षक खेमराज ढकाल, वडा नं ५ का वडा सदस्य रविलाल भट्टराई, संस्थाका अध्यक्ष लोकनाथ भुषाल, सल्लाहकार दिनेश चन्द्र आचार्य,बिराज दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष गोविन्द आचार्य,टोल विकास संस्थाका उपाध्यक्ष डिल्लिराम पन्थ,सचिव हरिकृष्ण अधिकारी लगायतको आतिथ्यतामा सम्पन्न भएको हो ।

टोल विकास संस्था भित्रका ३३ जना महिलाहरू सहभागितामा सम्पन्न तालिमको समापनमा प्रशिक्षार्थीहरुले कार्यक्रमको अध्यक्षता,सञ्चालन, स्वागत,धन्यवाद,मन्तव्य,नृत्य तथा गायनद्वारा आफुहरुले नौ दिनसम्म सिकेका कुरालाई प्रस्तुत गरेका थिए । तालिम यहि असार २८ गते देखि सञ्चालन भएको थियोे ।

टोलविकास संस्थाका सचिव हरिकृष्ण अधिकारीले संयोजन गर्नु भएको तालिममा पत्रकार खेमराज ढकाल,अनिता खनाल र सुशील पन्तले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षार्थी सम्झना रेग्मी र सीता देवकोटाले सञ्चालन गर्नुभएको समापन कार्यक्रम प्रशिक्षार्थी सकुन्तला आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।

About Editor Hamrofm

Check Also

लिडरसिप कर्नरले नेतृत्व बिकास सम्बन्धि एकदिने कार्यक्रम गर्ने

२४ असार चितवन– लिडरसिप कर्नरले युवा बर्गलाई लक्षितगरी नेतृत्व बिकास सम्बन्धि एकदिने कार्यक्रम गर्ने भएको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *