Home / News / Local / लिडरसिप कर्नरले नेतृत्व बिकास सम्बन्धि एकदिने कार्यक्रम गर्ने

लिडरसिप कर्नरले नेतृत्व बिकास सम्बन्धि एकदिने कार्यक्रम गर्ने

२४ असार चितवन– लिडरसिप कर्नरले युवा बर्गलाई लक्षितगरी नेतृत्व बिकास सम्बन्धि एकदिने कार्यक्रम गर्ने भएको छ । आज भरतपुरमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराईएको हो । सो कार्यक्रममा युवाहरुकालागि नेतृत्व बिकास,ब्यक्तित्व बिकास,निर्णायात्मक क्षमता लगायत अन्य बिबिध महत्वपूर्ण जीवनोपयोगी सिपहरु सिकाईनेछ । कार्यक्रममा बिदेशमा कसरी बिकास भएको छ र नेपालमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्नेबारेमा पनि छलफलहुनेछ । कार्यक्रममा कक्षा ११ देखी स्नातकोत्तर अध्ययन गरिरहेका बिद्यार्थी तथा अविभावकहरु समेत सहभागीहुन सक्नेछन् । सो कार्यक्रममा निशुल्क प्रवेशको ब्यवस्था गरिएको कार्यक्रमका संयोजक प्रशान्त बिक्रम सापकोटाले जानकारी दिनुभएको छ ।

    कार्यक्रम यहि असार २७ गते बिहान ११ बजे देखि दिउसो ३ बजे सम्म भरतपुर ११ जागृतीचोकमा रहेको धावन रिक्रियसनमा सञ्चालन हुनेछ । कार्यक्रम सम्पन्न गर्नकालागि २ लाख रुपैयाँ खर्चहुने अनुमान गरिएको सापकोटाले बताउनुभयो । पे्ररक बक्ता अब्दुस मिया,मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल,सिभिल सोसाईटि लिडर निगम हुमागाईं, डा.सूर्यराज आचार्य, सिए बिशाल भट्टराई लगायतले नेतृत्व बिकासका बारेमा जानकारी गराउनुहुनेछ । आजको पत्रकार सम्मेलनमा कर्नरका सल्लाहकार रामचन्द्र तिमिल्सिना,भुपेन्द्र बस्नेत, प्रबिन काफ्ले,मन्दिप कँडेल,ईच्छा सिंखडा लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रम लिडरसिप कर्नरका चितवन संयोजक प्रशान्त बिक्रम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

About Editor Hamrofm

Check Also

नौ दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न।

श्रावण ६ चितवन श्री गणेशमन्दिर टोल बिकास संस्था भरतपुर ५ नारायणपुरको आयोजना तथा हाम्रो एफ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *