Home / Entertainment / नाट्यश्वरी केन्द्रको भरतपुरमा समुद्घाटन

नाट्यश्वरी केन्द्रको भरतपुरमा समुद्घाटन

१९ असार चितवन – बिगतका बर्षदेखिनै कला र संस्कृतिको जगेर्नामा आफुलाई समर्पित गर्दैआएको नाट्यश्वरी कला केन्द्रले भरतपुरमा आफ्नो केन्द्र सञ्चालनमा ल्याएको छ । बिहिबार आज एक कार्यक्रमको आयोजना गरि केन्द्रले माँ नाट्यश्वरी कला केन्द्रको समुद्घाटन गरेको हो । भरतपुर १२ बाईपासरोडको हुलाक कार्यालय अगाडी केन्द्रको सुभारम्भ गरिएको हो । एस ओ एस हर्मन माईनर स्कूल भरतपुर ९का पूर्व प्राचार्य तथा मोटिभेटर लक्ष्मण भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न समुद्घाटन कार्यक्रममा समाजसेवी तथा कला संस्कृति प्रेमी सुनिल शर्मा, मोडल तथा कलाकार निरञ्जन पाण्डे बिशिष्ट अतिथि रहनु भएको थियो । कार्यक्रममा पत्रकार खेमराज ढकाल,समाजसेवी टिकाराम अधिकारी,सितल पोख्रेल लगायत अतिथिको रुपमा रहनुभएको थियो । सो अवसरमा केन्द्रका कलाकारहरुले आफ्ना प्रस्तुतीहरुद्धारा मनोरञ्जन गराएका थिए । बि सं. २०७४ सालमा स्थापना भएको केन्द्रले बिभिन्न स्थानमा शाखाहरु समेत सञ्चालनमा ल्याउन लागेको छ । यस अघि ग्लोवल कम्प्लेक्स भरतपुर ४ मा सञ्चालमा आएको केन्द्रमा अहिले करिब ७० जना प्रशिक्षर्थीलाई ४ जना प्रशिक्षकहरुले प्रशिक्षण दिईरहनुभएको केन्द्रका सञ्चालक रमित कुमार श्रेष्ठ पाल्पालीले जानकारी दिनुभयो । अव आउदो बिहिबार नारायणगढको पुतलीबजार गरिमा बिकास बैंकको माथिल्लो तलामा रहेको शाखा उद्घाटन गरिने पनि श्रेष्ठले बताउनुभयो ।

कला केन्द्रले नृत्य,गायन,बाध्यवादन तथा अभिनयका साथै बिभिन्न जातजातीका भेषभुषाहरु बिक्रि गरिनुका साथै सुपथ मुल्यमा भाडामा समेत उपलब्ध गराउने छ । सञ्चारकर्मी मनोज पन्तले सञ्चालन गर्नुभएको कार्यक्रम कला केन्द्रका सञ्चालक रमित कुमार श्रेष्ठ पाल्पालीको अध्यक्षतामा सम्पन्न भएको हो ।

About Editor Hamrofm

Check Also

नौ दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न।

श्रावण ६ चितवन श्री गणेशमन्दिर टोल बिकास संस्था भरतपुर ५ नारायणपुरको आयोजना तथा हाम्रो एफ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *