Home / News / Local / चितवनको घुमाउनेघाटबाट तनहुँ जोड्ने पुल निर्माण अलपत्र

चितवनको घुमाउनेघाटबाट तनहुँ जोड्ने पुल निर्माण अलपत्र

चितवन १५ चैत्र – चितवनलाई पोखरासँग जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह मार्गको घुमाउनेस्थित त्रिशुली नदीमा बनाउन लागिएको पुल निर्माणको काम अलपत्र परेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाले पुल निर्माण गर्दा सडक भासिने भन्दै अवरोध गरेपछि निर्माणको काम अलपत्र परेको हो । घुमाउनेमा पुल निर्माण पश्चात नारायणगढबाट बुद्धसिंह मार्ग हुँदै दमौली जान अहिलेको दूरीभन्दा करीब २५ किलोमिटर छोटो पर्छ । अहिले मुग्लिन, आबुँखैरेनी, डुम्रे हुँदै दमौली पुगिन्छ । दमौलीबाट बुद्धसिंह मार्ग हुँदै चितवन जोड्ने सडकको ‘ट्रयाक’ खुलिसकेको छ । घुमाउनेमा पुल निर्माण भएपछि चितवन र पोखराको दूरी कम हुने आशमा रहेका नागरिक पुल निर्माणको काम अलपत्र हुँदा निराश भएका छन् । पुल निर्माणको लागि एक वर्ष अघि नै तनहँुतर्फको भागमा ‘पिल्लर’को जग खन्न शुरु गरिएपनि चितवन तर्फको नारायणगढ–मुग्लिन सडकमा विवाद भएपछि पुल निर्माणको काम रोकिएको हो । “पुल निर्माणको काम अगाडि बढाउन तनहँुतर्फको भागमा कुनै समस्या छैन”, डिभिजन सडक कार्यालय दमौलीका प्रमुख विष्णु काफ्लेले भन्नुभयो, “चितवनतर्फको भागमा समस्या देखिएको हो ।” निर्माणाधिन नारायणगढ–मुग्लिन सडक आयोजनाले घुमाउनेमा पुल निर्माण गर्दा सडक भासिन सक्ने भन्दै अवरोध गरेको उहाँले बताउनुभयो । नारायणगढ–मुग्लिन सडकखण्डतर्फ पुल कसरी बन्छ भन्नेमा अझै प्राविधिक छलफलमा रहेको काफ्लेले जानकारी दिनुभयो । नारायणगढ–मुग्लिन सडक आयोजनालाई बाधा नपुग्ने गरी काम अगाडि बढाउनुपर्छ भन्नेमा विभाग रहेको उहाँले बताउनुभयो ।

About Editor Hamrofm

Check Also

नौ दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न।

श्रावण ६ चितवन श्री गणेशमन्दिर टोल बिकास संस्था भरतपुर ५ नारायणपुरको आयोजना तथा हाम्रो एफ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *