Home / News / Local / भरतपुर वडा नम्बर ८ मा नि:शुल्क सिपमुलक तालिम शुरु

भरतपुर वडा नम्बर ८ मा नि:शुल्क सिपमुलक तालिम शुरु

चितवन १० चैत्र – भरतपुर महानगरपालिका वडा नम्बर ८ र स्कुल अफ हेल्थ साईन्स भरतपुरको समन्वयमा आईतबारबाट निशुल्क सिपमुलक तालिम शुरु भएको छ । भरतपुर ८ सल्यानीमा रहेको मध्यवर्ती सामुदायीक वनको सभाकक्षमा २० जना महिलाहरुलाई ३९० घण्टासम्म सिलाई कटाई तालिम दिन लागिएको हो । कार्यक्रमका प्रमुख अतिथी भरतपुर महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष दामोदर न्यौपानेले ब्यानर पढेर उद्घाटन गर्नुभएको हो । न्यौपानेले उद्घाटनको क्रममा अवको आवश्यकता प्राविधिक शिक्षा रहेकोले सवै शिक्षाहरु प्राविधिक र प्रयोगात्मक हुनु पर्ने बताउनु भएको थियो । कार्यक्रमका बोल्दै स्कूल अफ हेल्थ साईन्स भरतपुरका प्रमुख रमण कुमार मेहताले प्राबिधिक शिक्षाको पहुँच र बिस्तारका लागि र नेपाल सरकारको सुखी नेपाली समृद्ध नेपाल भन्ने नारालाई साकार गर्न यस्ता कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । मेहताले प्राबिधिक शिक्षा तथा ब्यवसायीक तालिम परिसद तथा भरतपुर महानगरपालिकाको संयोजनमा भरतपुरका बिभिन्न वडाहरुमा लाईब्रेरी सहायक तह १,सिलाईकटाई,ब्युटीपार्लर,मन्टेश्वरी,चस्मा फ्रेमिङ्ग,कुकिङ्ग, बेमौसमी तरकारी खेती तथा केयर गिभर लगायतका तालिमको सञ्चालन गरिएको पनि जानकारी दिनुभयो । मेहताले तालिम निःशुल्क भनिएपनि सरकारको लगानी परेकोले यसलाई सशुल्ककै रुपमा बुझ्न आग्रह गर्नु भयो । कार्यक्रममा भरतपुर वडा नं. ८ का वडा सदस्य डिल्लीराम लामिछाने, साबित्रि बिक,वडासचिव जयन्ती आचार्य,मध्यवर्ती सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष लिला बल्लभ भुषाल, पत्रकार खेमराज ढकाल, प्रशिक्षक सरस्वती देवकोटा तिमिल्सिना, स्वास्थ्य प्रशिक्षक शंकर न्यौपाने लगायतले कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो । बिनिता श्रेष्ठले सञ्चालन गर्नुभएको तालिम उद्घाटन कार्यक्रम भरतपुर महानगरपालिका वडा नम्बर ८ कि महिला वडा सदस्य भगवति गौतमको अध्यक्षतामा सम्पन्न भएको हो ।

About Editor Hamrofm

Check Also

चितवन ट्राफिक प्रहरी प्रमुख डिएसपी गौतमको विदाई

चितवन २३ फागुन – चितवनबाट विदा भएका प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमले ट्राफिक प्रहरीले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *