Home / News / Local / चितवन ट्राफिक प्रहरी प्रमुख डिएसपी गौतमको विदाई

चितवन ट्राफिक प्रहरी प्रमुख डिएसपी गौतमको विदाई

चितवन २३ फागुन – चितवनबाट विदा भएका प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमले ट्राफिक प्रहरीले सबै नागरिकसंग राम्रो बोली बचनसहितको व्यवहार गर्नुपर्ने बताएका छन् ।जिल्लाका ट्राफिक प्रहरीले गरेको विदाई कार्यक्रममा बोल्दै गौतमले प्रहरीको एम्बास्डर नै ट्राफिक प्रहरी रहेकोले सबैसंग राम्रो व्यवहार गर्दै आफ्नो कर्तव्य पालना गर्नुपर्ने बताए । “प्रहरीको नेतृत्व गरी फिल्डमा हामी नै हुन्छौं, सबैसंग राम्रो व्यवहार गर्दै आफ्नो दायित्व निर्वाह गर्नुपर्छ”–गौतमले भने ।उनले मिठो बोली बचनले ट्राफिकको गरिमा बढ्ने भन्दै कारवाही गर्ने सवालमा भने पछि हट्न नहुने बताए । उनले राम्रो व्यवहारबाट ट्राफिक प्रहरी प्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको समेत औल्याए । उनले चितवन रहँदा नौ महिना अवधिमा सबै ट्राफिक प्रहरीबाट राम्रो सहयोग पाएकोमा धन्यवाद दिँदै यसैगरी सहकार्य गरिरहने बताए । “ट्राफिक प्रहरीको जिम्मेवारी सम्हालेको चितवन नै मेरो पहिलो हो, मैले यहीबाट धेरै कुरा सिके, साथ र सहयोगका लागि सबैमा धन्यवाद ।”–डिएसपी गौतमले भने ।चितवनमा ट्राफिक प्रहरीको नेतृत्व गरेका डिएसपी गौतम सुनसरीमा पनि ट्राफिक प्रहरीमा नै सरुवा भएका छन् । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक कृष्ण ज्यु ठकुरी, मुनेन्द्र थापा, अर्जुन प्रसाद भुषाल र ज्ञान बहादुर बारकोटेले डिएसपी गौतमलाई खादा र माला लगाएर विदाई गरेका थिए ।

About Editor Hamrofm

Check Also

नौ दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न।

श्रावण ६ चितवन श्री गणेशमन्दिर टोल बिकास संस्था भरतपुर ५ नारायणपुरको आयोजना तथा हाम्रो एफ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *