Home / News / Local / महिला हिंसा घरबाटै सुरु – चितवन प्रहरी प्रमुख राठौर

महिला हिंसा घरबाटै सुरु – चितवन प्रहरी प्रमुख राठौर

चितवन २३ फागुन – जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख शुशील सिंह राठौरले महिला हिंसा घरबाटै सुरु हुने बताउनु भएको छ । यौनजन्य हिंसा विरुद्धको साझा अभियान चितवनले १ सय ९ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बुधबार आयोजना गरीएको लैङ्गिक समानताका लागि समाज सोच र व्यवहार संमृद्धिको आधार भन्ने कार्यक्रममा राठौरले यस्तो बताउनु भएको हो ।समाजमा महिलामात्र नभई पुरुषहरु पनि पिडित हुने गरेको बताउनु भएको छ । यस्तै उहाले यस्ता कुनैपनि हिंसाबाट मुक्तहुनको लागि महिला पुरुष दुबै जना रोजगार मुलक हुनुपर्ने उहाँले बताउनु भयो ।प्रमुख अतिथि समेत रहनुभएको राठौरले हरेक श्रमलाई सम्मान गर्नु पर्ने भन्दै विज्ञान र प्रविधिले समाजलाई विकासको मार्गमा लगे पनि धेरै हदसम्म हिंसा र घटना बढाएको बताउनु भयो । हिंसा बाट मुक्तहुन हरेक मान्छे क्षमतावान र आफनो कार्यालय प्रति निष्ठावान र अनुसासित हुन जोड दिनु भयो ।सोही कार्यक्रममा यौनजन्य हिसां विरुद्धको साझा अभियानका अध्यक्ष तथा कार्यक्रमका सभापति मिना खरेलले महिलाले अफुलाई चाहिने खर्च आफैले उठाउन नसक्दा हिंसामा पर्ने गरेको बताउनु भयो । खरेलले स्थानिय र केन्द्रय सरकारले महिला र बालबालिकाको विषयलाई पहिलो प्राथमिक्ता दिनु पर्नेमा जोड दिनुभयो । कुनै पनि संस्था र व्यक्तिबाट हिंसामा परेको महसुस भएमा मौन नबस्न खरेलले आग्रह गर्नु भएको छ ।कार्यक्रममा यति डिस्टीलेरीका प्रतिनिधि निर्मल श्रेष्ठ, भरतपुर महानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष चन्द्रमित्र पण्डित, प्रहरी निरिक्षक राम प्रसाद गौतम मञ्जु श्री असाय संरक्षण केन्द्रकी प्रमुख मञ्जु खाड लगाएतले बोल्नु भएको थियो ।

About Editor Hamrofm

Check Also

भरतपुर वडा नम्बर ८ मा नि:शुल्क सिपमुलक तालिम शुरु

चितवन १० चैत्र – भरतपुर महानगरपालिका वडा नम्बर ८ र स्कुल अफ हेल्थ साईन्स भरतपुरको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *