Home / News / Local / विसहजारी सामाजिक उद्यमी महिला सहकारी संस्था लि को साधारणसभा सम्पन्न

विसहजारी सामाजिक उद्यमी महिला सहकारी संस्था लि को साधारणसभा सम्पन्न

चितवन २० पौष – विसहजारी सामाजिक उद्यमी महिला सहकारी संस्था लि भरतपुर ८ को नवौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नं.८ का अध्यक्ष दामोदर न्यौपाने प्रमुख अतिथि रहनु भएको कार्यक्रममा दुग्ध विकास वोर्डका केन्द्रीय सदस्य भगिरथ तिमिल्सिना,हेफर ईन्टरनेशनलकि कार्यक्रम अधिकृत सकुन्तला रसाईली, जिल्ला सहकारी संघकि सदस्य शारदा पोख्रेल बिशिष्ठ अतिथि रहनुभएको थियो । कार्यक्रममा संस्थाकी अध्यक्ष क्षेत्रकुमारी पाण्डेले बार्षिक प्रगति प्रतिवेदन, लेखा समिति संयोजक रुमा देवकोटाले लेखा प्रतिवेदन, व्यवस्थापक पार्वती केसीले आर्थीक प्रतिवेदन तथा कोषाध्यक्ष ऋषिमाया पौडेलले बार्षिक योजना तथा अनुमानित आय व्यय प्रस्तुत गर्नुभएको थियो । साधारणसभाको अवसरमा ७० बर्ष उमेर पुगेका ५ जना जेष्ठ सदस्य,उपभोक्ता पसलबाट उत्कृष्ट कारोवार गर्ने ३ जना सदस्य,सरकारी बिद्यालयबाट एस ई ई परीक्षा २०७४ मा उत्कृष्ट अंक ल्याउने शेयरसदस्य तथा शेयर सदस्यका छोराछोरी ४ जना, उत्कृष्ट २ वटा समूह र न्यून आय स्तर भएको एकजना सदस्यलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले आफ्नी श्रीमती महालक्ष्मी न्यौपानेको जन्मदिनको अवसर परेको भन्दै संस्थाको सहयोगका लागि नगद रू १२ हजार २ सय नगद हस्तान्तरण समेत गर्नुभएको थियो । संस्थाकी उपाध्यक्ष शैलजा घिमिरे पौडेलले स्वागत मन्तब्य र सचिव सकुन्तला तिमिल्सिनाले सञ्चालन गर्नुभएको कार्यक्रम बीस हजारी सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष क्षेत्र कुमारी पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो ।

About Editor Hamrofm

Check Also

नौ दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न।

श्रावण ६ चितवन श्री गणेशमन्दिर टोल बिकास संस्था भरतपुर ५ नारायणपुरको आयोजना तथा हाम्रो एफ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *