Home / News / International / मृत्यु दण्डको सजाय सुनाय पछी जलेश्वरका निम्ती चितवनमा जलेश्वर बचाउ अभियान सुरु

मृत्यु दण्डको सजाय सुनाय पछी जलेश्वरका निम्ती चितवनमा जलेश्वर बचाउ अभियान सुरु

आशा खरेल/हाम्रो एफ.एम/ चितवन, पुस २०-सामाजीक स्वयंसेवक नेपाल मिसन चितवनको आयोजनामा जलेश्वर बचाउ अभियान सुरु भएको छ । आज भरतपुरमा पत्रकार सम्मेलन गरि जलेश्वर चौधरीको बारेमा जानकारी गराएका थिए । २५ बर्षका उनि विगत ३ वर्षदेखी साउदिमा डईभर कामको लागि गएका थिए । सोहि अवसरमा २ वर्ष अघि उनले चलाएको गाडिमा पछाडिबाट कारले ठक्कर दिई कार चालकको मृत्यु भएपछि विगत २ वर्षदेखी नै उनि जेलमा रहेका थिए । अहिले घरपरिवारमा नेपाल एम्वीसीले ब्लड मनी स्वरुप नेपाली ४५ लाख रुपैँया बुझाउनु पर्ने अन्यथा फाँसी हुने कुरा जानकारी गराएको छ । ८ महिनाको अवधीमा सो रकम जुटाउन समय दिएको थियो । ६ महिना सकिएर अब २ महिनामात्र बाँकी रहेको सामाजीक स्वयंसेवक नेपाल मिसन चितवनका अध्यक्ष सागर लामिछानेले जानकारी दिनुभएको छ । यो खवर सुन्नासाथ हामी पिडितको घरमा अवस्था बुझ्न पुग्यौँ,त्यहाँ पुग्दा बस्ने बास बाहेक अरु केहि देखैनौँ र हामीले उहाँहरुलाई न्यानो कपडा समेत सहयोग गरेको अध्यक्ष लामिछानेले बताउनु भयो । ३ दिन देखि जलेश्वर बचाँउ अभियान संचालन भएको र हाल सम्म ४ लाख ५६ हजार ९ सय संकलन भई सकेको संस्थाका केन्द्रिय सदस्य ढाकाराम पौडेलले जानकारी दिनु भएको छ । उहाँले यो अभियानले पिडितलाई बचाउन सबैले सक्दो सहयोग गर्ने विस्वास समेत व्यक्त गर्नु भएको छ । खैरहनी नगपालीका वडा नम्बर १० गोठौली बस्ने उनका पिता सुकराम महतो र आमा मलुई महतोले आज पत्रकार सम्मेलनमा आफ्नो कान्छो छोरा बुवा आमाको सपना पुरा गर्न विदेशीएकोले आफुलाई खुशी छाएको बेला अहिले छोरालाई साउदिमा मृत्यु दण्ड सुनाएको खवरले रातदिन आखामा बलिन्धारा आँसु लिइ पिल्सिनु परेको बताउनु भएको छ । पुस्तौँदेखी सुकुम्बासी रहनु भएका उहाँहरु ४ धुरको ऐलानी जग्गामा सानो कच्ची घरमा बस्दै आएको बताउदैँ आफुले लेबर काम गरेर जीवीकोपार्जन गरेको उहाँका बुवाले बताउनुभयो । घरको आर्थीक अवस्था अती नै नाजुक भएको र सो रकम जुटाउन सबैलाई सहयोग गरिदिन आग्रह समेत गर्नु भएको छ । जलेश्वरका बुबा आमाले छोराको जिवनरक्षाको लागि हिमालयन बैक खैरहनी शाखाको खाता नम्वर ०३००७७४५६०००१३ वा सामाजीक स्वयंसेवक नेपालको मुक्तिनाथ विकास बैकको खाता नम्वर ११०१०२००२८३५६३०००००१ वा सिधै सम्पर्क गरेर पनि आर्थिक सहयोग गरिदिन आग्रह गर्नु भएको छ ।

 

About Editor Hamrofm

Check Also

लिडरसिप कर्नरले नेतृत्व बिकास सम्बन्धि एकदिने कार्यक्रम गर्ने

२४ असार चितवन– लिडरसिप कर्नरले युवा बर्गलाई लक्षितगरी नेतृत्व बिकास सम्बन्धि एकदिने कार्यक्रम गर्ने भएको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *