Home / News / Local / विद्यार्थीसँग प्रधानमन्त्रीले भने, ‘मैले घाँस काट्ने होमवर्क गर्नुपर्‍थ्यो’

विद्यार्थीसँग प्रधानमन्त्रीले भने, ‘मैले घाँस काट्ने होमवर्क गर्नुपर्‍थ्यो’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीसँगको छलफलमा आफूलाई विद्यालय पढ्दा शिक्षकले दिएको सँगै घाँस काट्ने होमवर्क गर्नुपर्ने बाध्यता भएको सम्झिएका छन्।

मंगलबार नेपाल स्काउटले आयोजना गरेको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा एक विद्यार्थीले सोधेको प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री ओलीले बाल्यकालको दैनिकी सम्झिएका हुन्।

बाल्यकाल कसरी बित्यो भनेर विद्यार्थीले राखेको जिज्ञासाको जवाफमा प्रधानमन्त्रीले आफ्नो बाल्यकाल र स्कुले जीवन सम्झिएका हुन्।

पूर्वी पहाडको तेह्रथुम जिल्लाको छातेढुंगामा २००८ सालमा जन्मिएको सुनाउँदै प्रधानमन्त्री ओलीले प्राथमिक स्कुल पढ्दा दुई प्रकारका होमवर्क गर्नु परेको सम्झिए।

‘एउटा विद्यालयका शिक्षकले दिएको होमवर्क, अर्को घरमै सिर्जना हुने होमवर्क जस्तै घाँस र दाउरा काट्ने र गाई बाख्राको हेरचाह आदि’, प्रधानमन्त्री ओलीले भने, ‘दुवै होमवर्क कुशलतापूर्वक गर्थें।’

कार्यक्रममा बोल्दै ओलीले मुलुकका बालबालिकाको चेहरामा खुसी देख्दा आफू  खुसी हुने बताए।

‘बालबालिकाको मुहारमाा मुस्कान हुनुपर्दछ। मानिस भोकबाट मुक्त हुनुपर्दछ।  कठ्यांग्रिएर मर्ने अवस्था आउनु हुदैन। समाज समतामुलक हुनुपर्दछ’, प्रधानमन्त्री ओलीले भने, ‘त्यस्तो अवस्थामा सबै नेपालीसँगै म पनि खुसी हुन्छु।’

About Editor Hamrofm

Check Also

नौ दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न।

श्रावण ६ चितवन श्री गणेशमन्दिर टोल बिकास संस्था भरतपुर ५ नारायणपुरको आयोजना तथा हाम्रो एफ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *