Home / News / Local / पोल्ट्री व्यवसायमा समस्याको चाङ : उत्पादन मूल्य नपाउँदा कुखरा व्यवसायी मर्कामा

पोल्ट्री व्यवसायमा समस्याको चाङ : उत्पादन मूल्य नपाउँदा कुखरा व्यवसायी मर्कामा

चितवन, पुस १७ –

कुुखुरापालन व्यवसायीले उत्पादन मूल्य नपाँउदा व्यवसायनै धरायसी बनेको छ ।

व्यवसायीले उत्पादन मूल्य नपाउदा पोल्ट्री व्यवसाय प्रतिको उत्साह नै कम भइसकेको व्यवसायीहरुले बताएका छन् । छैटौँ पोल्ट्री दिवसको अवसरमा कुखुरा व्यवसायी संघ पूर्वाीचितवनकले रत्ननगरमा गरेको कार्यक्रममा बोल्ने व्यवसायीले दानाको मूल्य अत्यधिक बढी हुने तर किसानले उत्पादन गरेको अण्डा र मासुको मूल्य भने न्यून हुने गरेको गुनासो गरे ।

नेपाल कुखुराको मासुमा र अण्डामा आत्मनिर्भर भइसकेको तर पनि किसानले लागत मूल्य नपाउने अवस्थाले अझै केही समय रहे पोल्ट्री व्यवसायबाट व्यवसायीहरु पलायन हुने अवस्था आउने नेपाल दाना उद्योग संघका वरिष्ठ उपाध्यक्ष शंकर कँडेलले बताए । नेपालमा विसं २०४० बाट व्यवसायिकरुपमा सुरु भएको पोल्ट्री व्यवसायमा करिब एक खर्बको लगानी रहेको र पाँच लाख जनशक्तिले रोजगारी पाएको नेपाल ह्याचरी उद्योग संघ चितवनका अध्यक्ष ज्ञानबहादुर विसुरालले बताए ।

कार्यक्रममा डा सुनिता लम्सालले कुखुराको मासु र अण्डामा पाइने पोषण तत्व र त्यसको फाइदाको बारेमा जानकारी दिएकी थिइन् । प्रदेश सांसद कञ्चन खनाल प्रमुख अतिथि रहेको कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष डा होमबहादुर बस्नेत, भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनका प्रमुख डा विजय श्रेष्ठ, कृषि तथा वन विश्व विद्यालयका प्राध्यापक डा भूमिनन्द देवकोटालगायतले मन्तव्य राखेका थिए । सोही अवसरमा भएको रत्तदान कार्यक्रममा ११ जनाले रक्तदान गरेका थिए । कार्यक्रम कुखुरा व्यवसायी संघ पूर्वी चितवनका अध्यक्ष भीमनारायण श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

About Editor Hamrofm

Check Also

नौ दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न।

श्रावण ६ चितवन श्री गणेशमन्दिर टोल बिकास संस्था भरतपुर ५ नारायणपुरको आयोजना तथा हाम्रो एफ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *