Home / sports / शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज २ वटा खेल हुँदै

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज २ वटा खेल हुँदै

चितवन ३ पौष– शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज २ वटा खेल हुँदैछ । एन्फा मैदान सातदोबाटोमा मंगलबार हुने पहिलो खेलमा विभागीय क्लब एपीएफ र मछिन्द्र आमने सामने हुने छन् । आजको खेलमा एपीएफ जित निकाल्दै नवौ स्थानमा उक्लने प्रयासमा हुँदा जारी लिगमा बराबरी गर्दै ३ अंक जोडेको मछिन्द्र पहिलो जितको खोजिमा हुने छ । सोही मैदानमा दिउँसो साढे २ बजे सिंग्नेचर मनाङ मर्स्याङ्दी क्लब र च्यासल युथ क्लब भिड्ने छन् । मनाङ जारी लिगमा अपराजित रहेकाले लिगको प्रमुख दावेदार टिम आजको खेलमा जित निकाल्दै तालिकामा ३ अंकको दूरी बढाउने प्रयासमा हुने छ । अहिले २४ अंक सहित शीर्ष स्थानमा रहँदा समान अंक भएको संकटा क्लब गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ । च्यासल भने १३ अंक सहित सातौं स्थानमा रहेको छ । उसले अहिले सम्म चार खेल जित्दा एक खेल बराबरी गरेको छ । च्यासलले एनआरटी माथि ५–१ को जित निकाल्दा हिमालयन शेर्पालाई २–१ ले पाखा लगाएको थियो । जतिबेला पनि आक्रामक फुटबल खेल्ने च्यासलले लिगमा संकटा, आर्मी र पुलिसलाई आछ्यु आछ्यु पारेकाले आजको खेलमा पनि मनाङलाई त्यति सहज भने छैन । तर च्यासलका मुख्य स्ट्राइकर सन्तोष साहुखल रातो कार्डका कारण मैदान बाहिर हुने भएकाले मनाङलाई केही सहज भने हुनसक्छ ।

About Editor Hamrofm

Check Also

भरतपुरमा दोस्रो प्रकाश दाहाल स्मृति राष्ट्रिय मुवाथाई प्रतियोगिता सुरु

चितवन २९ मंसिर– चितवनको भरतपुरमा दोस्रो प्रकाश दाहाल स्मृति राष्ट्रिय मुवाथाई प्रतियोगिता सुरु भएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *