Home / News / National / पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ गिरीको निधन

पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ गिरीको निधन

चितवन ३ पौष– पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको मंगलबार बिहान निधन भएको छ । ९३ वर्षीय गिरीको आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए । कलेजोमा क्यान्सर लागेका उनको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार भएको थियो । राजा महेन्द्रले ०१७ सालमा पञ्चायनी व्यवस्था स्थापना गर्नुपूर्व नेपाली कांग्रेसका नेता रहेका गिरी त्यसपछि हार्डलाइनर पञ्चका रुपमा चिनिन्थे । ०५९ सालमा पूर्वराजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि उनीले मन्त्रिपरिषदको उपाध्यक्ष बनेर पूर्वराजा ज्ञानेन्द्रलाई साथ दिएका थिए । पारिवारिक स्रोतका अनुसार गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार निवासमै राखिने छ । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

About Editor Hamrofm

Check Also

नौ दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न।

श्रावण ६ चितवन श्री गणेशमन्दिर टोल बिकास संस्था भरतपुर ५ नारायणपुरको आयोजना तथा हाम्रो एफ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *