Home / News / Local / हाम्रो एफ.एम.९४ मेगाहर्जद्धारा ब्यवसायी एवं शुभ चिन्तकहरु संग भेटघाट तथा छलफल कार्यक्रमको सुरुवात

हाम्रो एफ.एम.९४ मेगाहर्जद्धारा ब्यवसायी एवं शुभ चिन्तकहरु संग भेटघाट तथा छलफल कार्यक्रमको सुरुवात

चितवन १६ असोज– हाम्रो एफ.एम.९४ मेगाहर्जले ब्यवसायी एवं शुभ चिन्तकहरु संगको सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्येश्यका साथ भेटघाट तथा छलफल कार्यक्रमको सुरुवात गरेको छ । आज (मंगलबार) हाम्रो एफ.एम. कम्प्लेक्समा ब्यवसायी एवं शुभ चिन्तकहरु संग भेटघाट तथा छलफल गरी कार्यक्रमको सुरुवात गरिएको हो ।

   

कार्यक्रममा उपस्थित नारायणी बराह ज्वेलरी चितवनका प्रबन्धक शरण लामिछाने,बेकिङ्ग प्याराडाईजका प्रोप्राईटर सुरेन्द्र देवकोटा,पन्त मोवाईलका प्रोप्राईटर जगदिश पन्त, ग्लोवल रिचका क्षेत्रिय प्रबन्धक सुरेश पौडेल,न्यू मेघा सप्लायर्सका प्रोप्राईटर ध्रुबराज पण्डीत,बाग्लुङ्ग कालिका गोर्खा ट्रेनिङ्ग सेन्टरका प्रोप्राईटर सञ्जय क्षेत्री,म्युजिकल प्वाईन्टका प्रोप्राईटर राजन खयरगोली लगायतले बिजयादशमीको पूर्व सन्ध्यामा एफ.एमले आयोजना गरेको उक्त कार्यक्रमको खुलेर प्रशंसा गर्दै आगामि दिनमा पनि एफ.एम.ले ब्यवसायी मैत्रि कार्यक्रमको आयोजना गर्दै जानेछ भन्ने बिश्वास लिएको बताएका थिए । हाम्रो एफ.एम.प्रा.लि.का बजार कार्यकारी प्रमुख किशोर चन्द्र सापकोटाले एफ.एम.ले आयोजना गरेको यसखालको कार्यक्रमले ब्यवसायी र एफ.एम. बिच मात्र नभई ब्यवसायी ब्यवसायी बिच पनि भाईचाराको सम्बन्ध स्थापना गर्न समेत मद्दत पुग्ने बताउनुभयो । कार्यक्रममा हाम्रो एफ.एम.प्रा.लि.का अध्यक्ष ई. भोजराज कौडालले ब्यवसायीहरुले दिनुभएको सल्लाह सुझावलाई आत्मसाथ गर्दै अगाडी बढ्ने र यस्ताखालका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनु भएको थियो । कार्यक्रममा हाम्रो एफ.एम. ९४ मेगाहर्जको बजार तथा समाचार शाखाकी आशा खरेल,लोकतन्त्र सन्देश दैनिककी सुस्मा रानाभाट लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम हाम्रो एफ.एम.प्रा.लि.का अध्यक्ष ई. भोजराज कौडालको अध्यक्षतामा सम्पन्न भएको हो ।

About Editor Hamrofm

Check Also

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ जिल्ला कार्य समिती चितवनमा नया कार्य समिती

आशा खरेल चितवन ०९ असोज– नेपाल कपडा तथा सिलाई व्यवसायी संघ जिल्ला कार्य समिती चितवनको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *