Home / News / Local / व्यवसायी तिवारीले गरे नेपाल प्रेस युनियन चितवन शाखालाई एक लाख रुपैंयाँ सहयोग

व्यवसायी तिवारीले गरे नेपाल प्रेस युनियन चितवन शाखालाई एक लाख रुपैंयाँ सहयोग

चितवन १० असोज– चितवनका व्यवसायी गोविन्द तिवारीले नेपाल प्रेस युनियन चितवन शाखालाई एक लाख रुपैंयाँ सहयोग गरेका छन् । नारायणगढमा आज युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको रोहोबरमा तिवारीले युनियनको भवन निर्माणका लागि सहयोग गरेका हुन् । नारायणगढमा विगत लामो समयदेखि भेटघाट रेष्टुरेन्ट चलाउँदै आएका तिवारीले यसअघि पनि एक लाख रुपैयाँ सहयोग गरेका थिए । हाल भवनमा कुर्ची खरिदका लागि उनले सो रकम प्रदान गरेका हुन् । तिवारीले भवन निर्माण समितिका आर्थिक समितिका संयोजक सृजना अर्याललाई चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, महासचिव अजयबाबु सिवाकोटी, केन्द्रीय कोषाध्यक्ष सरोज अधिकारी, केन्द्रीय सदस्य वसन्त पराजुली, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का संयोजक दिपेन्द्र चौहान युनियनका जिल्ला अध्यक्ष नारायण अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

 

भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भवन भरतपुर महानगरपालिका वडा नम्बर ११ गोर्खाली टोलमा निर्माण भइरहेको छ । करिब ५० लाखको लागतमा निर्माण भइरहेको सो भवन निर्माण सम्पन्न भएको युनियन चितवनका सचिव अनिल ढकालले जानकारी दिए । पूर्वसांसद, जिल्ला स्तरका विभिन्न संघसंस्था, स्थानीय तह, चन्दादाता, च्यारिटी सो लगायतका कामबाट संकलित रकमले भवन निर्माण गरिएको हो । भवन निर्माणका लागि वरिष्ठ समाजसेवी मैयादेवी श्रेष्ठले जग्गा दान गरेकी थिइन् ।

About Editor Hamrofm

Check Also

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ जिल्ला कार्य समिती चितवनमा नया कार्य समिती

आशा खरेल चितवन ०९ असोज– नेपाल कपडा तथा सिलाई व्यवसायी संघ जिल्ला कार्य समिती चितवनको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *