Home / News / Local / नेपाल कपडा तथा सिलाई व्यवसायी संघ जिल्ला कार्य समिती चितवनमा नया कार्य समिती

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ जिल्ला कार्य समिती चितवनमा नया कार्य समिती

आशा खरेल
चितवन ०९ असोज– नेपाल कपडा तथा सिलाई व्यवसायी संघ जिल्ला कार्य समिती चितवनको सोमबार नारायणगढमा सम्पन्न चौधौं बार्षिक साधारण सभा तथा आठौँ अधिबेशनले प्रेम परियारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अबिधेशनबाट उपाध्यक्षमा दिब्या जोशी,सचिवमा सुधा पोख्रेल, सहसचिवमा मीन बहादुर परियार, कोषाध्यक्षमा हरि प्रसाद पुडासैनी, सदस्यहरुमा विष्णु कुमारि वाग्ले,रामबाबु पुडासैनी, निरम परियार,सरोज विक चयन हुनु भएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठले उधोग बाणिज्य संघसंग सहकार्य गरेर व्यवसायलाई कसरी सफल बनाउन सकिन्छ भनी सम्पुर्ण व्यवसायीहरुलाई मिलेर अगाडि बढन आग्रह समेत गर्नु भएको थियो । व्यवसायीहरुले गर्दै आएको रक्तदान कार्यक्रम , बिधालयहरुमा छात्रावृत्ती प्रदान,तथा भुकम्प,बाढि पीडितहरुका लागि आर्थिक तथा खाद्यान्न सहयोग जस्ता कार्यक्रम गरेकोमा व्यवसायीहरुलाई श्रेष्ठले धन्यवाद व्यक्त गर्नु भएको थियो । सो कार्यक्रममा बिशिस्ट अतिथिहरुमा उधोग बाणिज्य संघ चितवनका दितिय उपाध्यक्ष चिरञ्जीवी सुबेदि, तृतीय उपाध्यक्ष ई भोजराज कौडाल,नेपाल कपडा तथा सिलाई व्यवसायी संघका केन्द्रिय निवर्तमान अध्यक्ष सुरज बज्राचार्य, केन्द्रिय वरिष्ठ लालबाबु परियार, महासचिव सदिस श्रेष्ठ रहनु भएको थियो । यस्तै केन्द्रिय सचिव मेघ बहादुर कार्की, कोषाध्यक्ष सरोज कटुवाल, सदस्य बाबुराम छिनाल, नेपाल कपडा तथा सिलाई व्यवसायी संघ प्रदेश नम्बर ३ का संयोजक गणेश प्रसाद बराल, वडा नम्बर १ का वडा अध्यक्ष जयराम श्रेष्ठ किराना व्यवसायी संघका अध्यक्ष ईश्वरी प्रसाद खरेल, व्यवसायमा आवद्ध तथा जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संघका निवर्तमान अध्यक्ष प्रमेश कुमार मास्केको अध्यक्षतामा सम्पन्न भएको हो ।

About Editor Hamrofm

Check Also

प्रदेश मन्त्री जम्मरकट्टेलद्धारा जिल्ला कारागार चितवनको आकस्मिक निरीक्षण

चितवन १० असोज– प्रदेश नम्वर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्टेलले जिल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *