Home / News / Local / भरतपुर महानगरपालिका भित्र ६६.९ प्रतिशत मानिसको पहुँचमा शुद्ध खानेपानी

भरतपुर महानगरपालिका भित्र ६६.९ प्रतिशत मानिसको पहुँचमा शुद्ध खानेपानी

चितवन ५ असोज– भरतपुर महानगरपालिका भित्र ६६.९ प्रतिशत मानिसको पहुँचमा शुद्ध खानेपानी पुगेको छ । अझै ३३.१ प्रतिशत महानगरवासीले इनार र कलधाराको पानी खान बाध्य छन् । भरतपुर खानेपानी ब्यवस्थापन बोर्डबाट ४३.१ प्रतिशत र खानेपानी तथा सरसफाई डिभिजन अन्तर्गत विभिन्न उपमभोक्ता समिति मार्फत २३.८ प्रतिशत मानिसलाई खानेपानी उपलब्ध गराइएको भरतपुर खानेपानी ब्यवस्थापन बोर्डका प्रमुख प्रजापती दाहालले जानकारी दिए । वोर्डको पाइपलाइन पुगेर पनि १० प्रतिशतले जडान नगरेको उनले बताए । भरतपुर महानगरका १४ स्थानमा ३० वटा बोरिङबाट दैनिक १ करोड ५३ लाख लिटर पानी वोर्डले वितरण गर्दै आएको छ । दैनिक २ करोड ५ लाख लिटर पानी निकाल्ने गरिन्छ । वोर्डका अहिले २५ हजार ग्राहक छन् । महानगरका वडा नं. १ देखि १५ र वडा नः २२ मा खानेपानी वितरण गरिएको छ । बाँकी वडाहरुमा उपभोक्ता समितिहरु मार्फत खानेपानी वितरण गरिएको बोर्डका प्रमुख दाहालले बताए । पश्चिम चितवनको मेघौंली, शुक्रनगर, जगतपुरमा छुट्टाछुट्टै खानेपानीको बोरिङ्ग राखेर समिति मार्फत वितरण भैरहेको छ । भरतपुर खानेपानी व्यवस्थापन बोर्डले १ लाख ५१ हजार २ सय ५३ जनसंख्यालाई पानी र्पुयाएको सुचना अधिकारी संजय बरालले जानकारी दिए । महानगरमा अझै २७ प्रतिशत क्षेत्रमा खानेपानीको माग रहेको उनले बताए । बोर्डले १० यूनिटसम्मको एक सय रुपैयाँ त्यसमाथि यूनिटको १८ रुपैयाँ थप लिने गरेको छ । एक यूनिटमा एकहजार लिटर पानी हुन्छ । २०७० साल फागुन महिना यता वोर्डले खानेपानीको शुल्क बढाएको छैन् । एसियाली विकास बैंकको २६ करोड २६ लाख ८८ हजार र भरतपुर महानगरपालिकाको २ करोड ११ लाख ऋण सहयोगमा खानेपानीको बिस्तार गरिएको थियो । त्यो सवै ऋण सहयोग वोर्डले तिरिसकेको छ । खानेपानी बोर्डले हरेक बर्ष सेवा क्षेत्र विस्तार गर्दै आइरहेको छ । गत वर्ष ६८ किलोमिटर खानेपानीको लाइन बिस्तार गरिएको थियो । यसबर्ष पानीको समस्या धेरै भएको क्षेत्रमा खानेपानीको लाइन विस्तार गर्ने कार्यालयको योजना छ । निवेदन संकलन गरेर त्यस क्षेत्रमा प्राविधिक पठाइएको बरालले बताए । पुराना ग्राहकबाट झण्डै २० लाख बक्यौंता उठन बाँकी रहेको बोर्डले जनाएको छ । विषेश गरी वडा नः १,२,३, ४ र १० का पूराना ग्राहकबाट बढि बक्यौंता रकम उठाउन बाँकी छ । बोर्डले वार्षिक ८ करोड २३ लाख रकम पानीको महसुल शूल्क उठाउँदै आएको छ ।

About Editor Hamrofm

Check Also

प्रदेश मन्त्री जम्मरकट्टेलद्धारा जिल्ला कारागार चितवनको आकस्मिक निरीक्षण

चितवन १० असोज– प्रदेश नम्वर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्टेलले जिल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *