Home / News / Local / जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा १३९ जना प्रहरी जवान दिक्षित

जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा १३९ जना प्रहरी जवान दिक्षित

चितवन ५ असोज– जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा तालिम लिईरहेका १३९ जना प्रहरी जवान दिक्षित भएका छन् । २०७४ मंसिर २७ गतेदेखि शिक्षालयमा सञ्चालित प्रहरी जवान आधारभुत तालिम दोस्रो समूहका जवानहरु दिक्षित भएका हुन् । आज (शुक्रबार) विहान शिक्षालयमा भएको दिक्षान्त समारोहमा कार्यक्रमका प्रमुख अतिथि शिक्षालयका निर्देशक एवंम प्रहरी नायव महानिरीक्षक महेन्द्रकुमार पोखरेलले प्रहरी जवानहरुलाई दिक्षित गरे । कार्यक्रममा सहभागि ४९ जना महिला र ९० जना पुरुष प्रहरी जवानलाई दिक्षित गराए । दिक्षित प्रहरी जवानहरुसंग उपस्थित विशिष्ट अतिथिहरुले हात मिलाउँदै हौसला प्रदान गरेका थिए । दिक्षान्त समारोहमा बोल्दै प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक महेन्द्रकुमार पोखरेलले आम जनताले प्रहरीलाई विश्वास गर्ने भएकोले सोही अनुसार कार्य क्षेत्रमा खटिन निर्देशन दिए ।

About Editor Hamrofm

Check Also

क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकार थप छलफलमा

चितवन २९ कार्तिक– क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकारले यसबारे थप …

Leave a Reply

Your email address will not be published. Required fields are marked *