Home / News / Local /

आशा खरेल
चितवन २७ भाद्र –

लायन्स क्लब अफ चितवन सिटि मर्सी र लायन्स क्लब अफ चितवन सिटिको संयुक्त आयोजनामा भएको बृहत खुल्ला सामुहिक तिज नृत्य प्रतियोगिता २०७५ आज सम्पन्न भएको छ । नेपालिहरुको महान चाड हरितालिका तिजको अवसर पारेर कार्यक्रम गरेको हो । कार्यक्रममा दर्सकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । प्रदेश नम्बर ३ का साम्सद गिता वाग्लेको प्रमुख आथित्यतामा भएको कार्यक्रममा बिशिस्ट अतिथि डिस्टिक ३२५ बि नेपालका एम्न् एम जे फ लायन राजकुमार श्रेष्ठ ,उधोग बाणिज्य संघ चितवनका तृतीय उपाध्यक्ष ई भोजराज कौडेल रहनु भएको थियो । त्यस्तै अतिथिहरुमा सामाजिक अभियन्ता तथा चितवन सिटि मर्सी लायन्स क्लबकी सल्लाहकार मिना खरेल,डिस्टिक एडभाईजर लायन डा शारदा कुवर उधोग बाणिज्य संघ चितवनका सदस्य लक्ष्मि रिमाल पौडेल, सोमप्रसाद काप्री ,बिनोद पौडेल रहनु भएको थियो ।

कार्यक्रमको संयोजक डिस्टिक एडभाइजर चितवन सिटि लायन्स क्लबका एम जे एफ लायन माधव प्रसाद पौडेल र मर्सिका कमला श्रेष्ठले गर्नु भएको थियो । सो कार्यक्रमको सहजीकरण मर्सिका सचीव उषा सुवेदी खरेल र कन्चना शर्माले गर्नु भएको थियो । उक्त कार्यक्रमको प्रतियोगितामा १२ टोलिले भाग लिएका थिए । जसमा क्रमश पहिलो हुने आदर्श टोल विकास संस्थाले सात हजार र प्रमाणपत्र दोस्रो हुने sisters Crew ले पाँच हजार र प्रमाणपत्र तेस्रो हुने ग्लोरियस एकेडेमीले तीन हजार र प्रमाणपत्र पाएका छन । सो कार्यक्रम चितवन सिटि लायन्स क्लबका अध्यक्ष लायन युवराज सुवेदी र चितवन सिटि मर्सी लायन्स क्लबका अध्यक्ष लायन लक्ष्मि पन्त ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

About Editor Hamrofm

Check Also

क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकार थप छलफलमा

चितवन २९ कार्तिक– क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकारले यसबारे थप …

Leave a Reply

Your email address will not be published. Required fields are marked *