Home / News / International / ‘डब्लूटीओ’ बाट बाहिरिने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

‘डब्लूटीओ’ बाट बाहिरिने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

चितवन १५ भदौ–अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व व्यापार संगठन ‘डब्लूटीओ’ बाट बाहिरिने चेतावनी दिएका छन् ।

डब्लूटीओको अमेरिकाप्रतिको कार्यशैलीमा असन्तुष्टि जनाउँदै ट्रम्पले बाहिरिन सक्ने चेतावनी दिएका हुन ।

‘यदि उनीहरुले कार्यशैली बदल्दैनन् भने म डब्लूटीओबाट बाहिरिने छु’, ब्लूमबर्ग न्यूजसँगको अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले भने ।

डब्लूटीओ विश्व व्यापारको थीति बसाल्न तथा देशहरुबीचको विवाद समाधानका लागि स्थापित संगठन हो ।

तर संरक्षणवादी नीतिलाई अंगालेका राष्ट्रपति ट्रम्पले डब्लूटीओले पक्षपातपूर्ण व्यवहार गरिरहेको आरोप लगाएका छन् ।

ट्रम्प राष्ट्रपति बन्नुअघि नै विश्व व्यापार संगठनले भेदभापूर्ण व्यवहार गरेको भन्दै आलोचना गरेका थिए ।

यसैबीच डब्लूटीओको विवाद समाधान गर्ने न्यायाधीकरणम न्यायाधीशहरुको निर्वाचन पनि अमेरिकी असहयोगका कारण रोकिएको छ ।

जसका कारण विवाद समाधान गर्ने प्रणालीलाई नै निस्कृय पार्ने खतरा बढेको छ ।

डब्लूटीओको राष्ट्रपति ट्रम्पको डब्लूटीओबाट बाहिरिने चेतावनीले ट्रम्पको व्यापार नीति र डब्लूटीओको खुला व्यापार प्रणालीबीच द्वन्द्व हुने देखिएको छ ।९एजेन्सी०

About Editor Hamrofm

Check Also

क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकार थप छलफलमा

चितवन २९ कार्तिक– क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकारले यसबारे थप …

Leave a Reply

Your email address will not be published. Required fields are marked *