Home / News / घरको छतबाट खसेर महिलाको मृत्यु

घरको छतबाट खसेर महिलाको मृत्यु

नुवाकोट १४ भदौं – घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

घरको छतबाट फोहर फाल्नेक्रममा बिहीबार विदुर नगरपालिका–१, ढुंगेकी ३० वर्षीया सिर्जना ढुंगानाको मृत्यु भएको हो ।

फोहर संकलन गर्ने गाडी आएपछि उनी फोहर फाल्न घरको छतमा चढेकी थिइन् ।

छतमा कुर्सीमा चढेर फोहर फाल्न खोज्दा ढुंगाना चिप्लिएर सडकमा खसेकी थिइन् ।

गम्भीर घाइते उनको त्रिशूली अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

About Editor Hamrofm

Check Also

छनोटका दुई खेलमा लगातार पराजित भएपछि एसिया कप खेल्ने नेपालको सम्भावना क्षीण

चितवन १४ भदौं – एसिया कप खेल्ने नेपालको सम्भावना क्षीण भएकोछ। छनोटका दुई खेलमा लगातार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *