Home / News / Local / जिल्ला प्रहरी कार्यालय चितवनको पछिल्लो तीन महिनाको कार्यप्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय चितवनको पछिल्लो तीन महिनाको कार्यप्रगति विवरण सार्वजनिक

चितवन १४ भदौं –

जिल्ला प्रहरी कार्यालय चितवनले पछिल्लो तीन महिनाको कार्यप्रगति विवरण सार्वजनिक गरेको छ ।

चितवनको प्रहरी प्रमुखमा सरुवा भएर आएपछि प्रहरी उपरीक्षक (एसपी) सुशील सिंह राठौरले तीन महिनाको अवधिमा लागुऔषध दुव्र्यसनी, चोरी, गुण्डागर्दी, घरेलु तथा योन हिंसा, तस्करी र कालो बजारी जस्ता अपराध नियन्त्रण गर्न धेरै हदसम्म सफल भएको बताएका छन् ।

आज (विहीबार) पत्रकार सम्मेलनको आयोजना गरी एसपी राठौरले प्रहरीको थ्रीएस अप्रेशन अन्तरगत जिल्लामा अपराधिक क्रियाकलाप नियन्त्रण गर्न सफल भएको बताए । उनले प्रहरीको अभियान सफल बनाउन विभिन्न सुरक्षा रणनीतिहरु अवलम्बन गरिएको जानकारी दिए । सूचना संकलन तथा विश्लेषण, नियमित पैदल तथा मोबाईल गस्ती, विभिन्न नाकाहरुमा आकस्मिक चेकजाँच, सादा पोशाकमा निगरानी, सिसि टिभी निगरानीलगायतका योजनाहरु कार्यान्वयनमा ल्याईएको उनले बताए । उनले नारायणगढको फुटपाथ र सुरक्षा व्यवस्थापनमा प्रहरीले महत्वपूर्ण कदम चालेको समेत दावी गरे ।


थ्रीएस अप्रेशन अन्तरगत चितवन प्रहरीले जेठ ४ गतेदेखि हालसम्म १ हजार ७ सय ६४ जनालाई नियन्त्रणमा लिएको र ४ सय ५३ जनालाई मुद्धा चलाईएको एसपी राठौरले बताए । यस अवधिमा गुण्डागर्दीमा संलग्न ३७ जनालाई कारवाही गरिएको उनले जानकारी दिए ।

प्रहरीले लागुऔषध नियन्त्रण, फरार अभियुक्त पक्राउ, यौन धन्दा संचालन गर्नेमाथि कारवाही, जुवा तास नियन्त्रण, वन्यजन्तु तस्करी नियन्त्रण, अवैध घरेलु मदिरा नियन्त्रण, मिर्गौला तस्करी गर्ने गिरोह पक्राउ, नदीजन्य वस्तुको अवैध उत्खनन् नियन्त्रणलगायतका क्षेत्रमा उल्लेखीय काम गरेको प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रभुप्रसाद ढकालले जानकारी दिए ।

About Editor Hamrofm

Check Also

घरको छतबाट खसेर महिलाको मृत्यु

नुवाकोट १४ भदौं – घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । घरको छतबाट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *