Home / News / Local / चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट एक कर्मचारीको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट एक कर्मचारीको मृत्यु

चितवन १४ भदौं – चितवन राष्ट्रिय निकुञ्जले पालेको हात्तीको आक्रमणबाट एक कर्मचारीको मृत्यु भएको छ । यही भदौं ५ गते मात्रै माहुतेका लागि करारमा नियुक्ती लिएका सुनसरीको कोशी गाउँपालिका–८ स्थित कुशहनीका २७ वर्षीय मुखरीलाल सरदारको मृत्यु भएको हो । मोती प्रसाद ‘ख’ नामको हात्तीलाई घाँस काट्न हात्तीसंगै गएका सरदारलाई आज ९विहीबार० विहान हात्तीले सुढले हानेर मारेको चितवन प्रहरीले जानकारी दिएको छ । उनीसंगै गएका अर्का एक जना कर्मचारी रुखमा चढेर ज्यान जोगाएका थिए । रासस

About Editor Hamrofm

Check Also

क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकार थप छलफलमा

चितवन २९ कार्तिक– क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकारले यसबारे थप …

Leave a Reply

Your email address will not be published. Required fields are marked *