Home / News / Local / नारायणगढ–मुग्लिन सडक खण्डको घुमाउनेमा पहिरो खस्दा सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडक खण्डको घुमाउनेमा पहिरो खस्दा सडक अवरुद्ध

चितवन १९ साउन– नारायणगढ–मुग्लिन सडक खण्डको घुमाउने भन्ने स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ घुमाउनेमा आज बिहान ५ः३० बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अहिले पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको छ । पानी रोकिने बित्तिकै पहिरो पन्छाएर बाटो सुचारु गराईने प्रहरीले जनाएको छ । यसअघि नारायणगढ मुग्लिन सडकखण्डको घुमाउनेमा तीन दिनयता ढुंगा खस्न थालेपछि अवस्था हेरेर पालैपालो सवारीसाधन सञ्चालन गरिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार चट्टानको चरबाट पानी छिरेसँगै ढुंगा खस्ने समस्या आएको हो । प्रहरीले बुधबार बिहानबाट ढुंगा खस्ने अवस्था हेरी पालैपालो सवारीसाधन सञ्चालन गरिरहेको छ । प्रहरी चौकी जुगेडीका प्रमुख पदम बस्ताकोटीका अनुसार बुधबार बिहान ३ बजेबाट नियमितरुपमा निगरानी राखेर पालैपालो सवारी सञ्चालन गरिएको बताउनुभयो । भिरमा ढुंगा अड्किएर बसेकाले कुनै पनि बेला खस्न सक्ने हुँदा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । भित्तोको तल्लो भागमा पत्थर ढुंगा छ भने माथिल्लो भागमा माटोसहितको ढुंगा रहेको छ । सो सडकको २७ किलो भन्ने भालुढंगामा पनि सोही प्रकृतिको पहाड छ । सो क्षेत्रमा पनि समय समयमा ढुंगा खसेर दुःख दिँदै आएको छ । सो सडक विस्तारको अन्तिम चरणमा छ । सडक विस्तार गर्ने क्रममा भित्तो काटिएपछि पहिरो जाने र ढुंगा खस्ने समस्या देखिँदै आएको छ ।

About Editor Hamrofm

Check Also

क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकार थप छलफलमा

चितवन २९ कार्तिक– क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकारले यसबारे थप …

Leave a Reply

Your email address will not be published. Required fields are marked *