Home / News / Local / नेपाली काँग्रेस चितवनद्धारा सरकारविरुद्ध नारायणगढमा प्रदर्शन

नेपाली काँग्रेस चितवनद्धारा सरकारविरुद्ध नारायणगढमा प्रदर्शन

चितवन १५ श्रावण–नेपाली काँग्रेस चितवनले सरकारविरुद्ध आज (मंगलबार) नारायणगढमा प्रदर्शन गरेको छ । भतरपुरको चौविसकोठीबाट सुरु भएको प्रदर्शन नारायणगढको पुलचोकमा पुगी समापन भएको थियो । नारायणगढको पुलचोकमा भएको कोणसभामा बोल्दै काँग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले सरकारले क्रियाकलापले नै काँग्रेसलाई आन्दोलन गर्न बाध्य बनाएको बताए । “छोटो समयमै सरकारको विरोध गर्न मन थिएन्, तर अधिनायकवाद शैलीमा जनतालाई मारमा पार्ने काम गरेपछि बाध्य भएर सडकमा उत्रिएका हौं”–नेता भण्डारीले भने । उनले सरकार यसरी नै चल्दै गए काँग्रेस चुप लागेर नबस्ने बताए । यस्तै कार्यक्रममा बोल्दै काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले काँग्रेस सिदियो भन्ने नेकपाका अध्यक्ष प्रचण्डलाई चितवनको प्रदर्शन हेर्न चेतावनी दिए । उनले भने–“जसको बुई चढेर पार्टी सकिनबाट जोगाएको छ, उसैलाई अब पार्टी सकियो भन्ने ?”सभामा प्रदेश साँसद गीता वाग्ले, काँग्रेस जिल्ला सचिव उत्तम जोशीलगायतको सहभागिता रहेको थियो । ¥यालीमा हजारौंको संख्यामा काँग्रेस कार्यकर्ताहरुको सहभागिता रहेको थियो । नेपाली काँग्रेसले आज ७७ वटै जिल्लामा एकसाथ सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

About Editor Hamrofm

Check Also

क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकार थप छलफलमा

चितवन २९ कार्तिक– क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकारले यसबारे थप …

Leave a Reply

Your email address will not be published. Required fields are marked *